करेन्ट लागेर युवकको मृत्यु

ताप्लेजुङ, मङ्सिर ८ गते । करेन्ट लागेर ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपका १९ वर्षीय मिलन नाल्बो लिम्बूको करेन्ट लागेर बिहीबार मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कमलकुमार लुङ्गिलेका अनुसार बाँस काट्ने क्रममा अचानक करेन्ट लाग्दा लिम्बू गम्भीर घाइते भएको र तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ पुर्‍याइएका लिम्बूलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

युवकको शव हाल जिल्ला अस्पतालको शवगृहमा राखिएको र शुक्रवार पोस्टमार्टम गरी आफन्तलाई बुझाइने प्रहरीले जानकारी दिएको छ ।

 

Leave a Reply

Your email address will not be published.