पाँचथरबाट प्रदेशसभामा गठबन्धनका उम्मेदवार जबेगु र आङ्बो विजयी

पाँचथर, ८ मंसिर । पाँचथरको दुवै प्रदेश सभामा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । प्रदेश सभा (क ) तर्फ नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगू विजयी भएका छन् । जबेगूले १६ हजार ८३७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका राजकुमार भण्डारीले १६ हजार २०४ मत पाए ।यस क्षेत्रमा ३९ हजार ९३३ मत खसेकामा एक हजार ३३६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै,प्रदेश सभा ( ख ) मा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र )का उम्मेदवार इन्द्रबहादुर आङ्बो विजयी भए । आङ्बोले १५ हजार ६ सय ७२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अइन्द्रसुन्दर नेम्बाङले १२ हजार ६०५ मत प्राप्त गरे।

आङ्बो यसअघि पनि यही क्षेत्रबाट प्रदेश सभा सदस्य निर्वाचित थिए । १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री समेत हुन् । यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता सगुनसुन्दर लावतीले एक हजार ७६६ मत प्राप्त गरे । यस क्षेत्रमा ३४ हजार ४६५ मत खसेकामा एक ३३८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दुवै क्षेत्रमा विजयको घोषणा हुन बाँकी छ ।जबेगू एकीकृत समाजवादी पाँचथरको अध्यक्ष र भण्डारी एमाले पाँचथरको अध्यक्ष छन् ।

नेम्बाङ पार्टीका केन्द्रिय सदस्य हुन भने आङ्बो पोलिटब्युरो सदस्य छन् । हाल प्रतिनिधि सभा सदस्यको मतगणना जारी छ ।

Leave a Reply

Your email address will not be published.