पथरीशनिश्चरे प्याव्सनको अध्यक्षमा बस्नेत

पथरीशनिश्चरे, ८ मंसिर । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन ) पथरी शनिश्चरे नगर कार्य समितिको नयाँ नेतृत्व चयन भएको छ ।प्याव्सन पथरीको शनिवार सम्पन्न पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले सन्तोष बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो।
पथरी शनिश्चरे वडा नं १ भूपूसैनिक स्कुलको सभाहलमा भएको अधिवेशनले निवर्तमान सचिव समेत रहेका बस्नेतको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो।
निर्वाचित समितिको सचिवमा सुजन बास्तोला, कोषाध्यक्षमा रबीन कन्दङ्वा निर्वाचित र सदस्यहरुमा नरबहादुर कार्की र गीता लिम्बू चुनिएका छन् ।
उनीहरुलाई फुल माला अबिर लगाएर बधाई समेत प्रदान गरिएको थियो।

Leave a Reply

Your email address will not be published.