दमक हरेक शुक्रवार बन्द हुने

दमक ,७ मंसिर । दशैतिहार, छठ लगायतका मुख्य चाडपर्वका समयमा शुक्रवार सधै खुला रहेको दमक भोलि शुक्रवारदेखि पुनः वन्द हुने भएको छ ।साताको शुक्रवार बन्दै हुदैआएको दमकको वजार चाडपर्व सकिएलगत्तै अव भने शुक्रवार एक दिन वजार वन्द हुने भएको दमक उद्योग वाणिज्य संघले जनाएको छ । संघले मंसिर ८ गतेदेखि साताको शुक्रवार एक दिन वजार वन्द हुने र त्यसप्रति ऐक्यवद्धता जनाईदिन आग्रह गरेको छ । संघले विहिबार सार्वजनिक सूचना निकालेर त्यस्तो सूचित गरिएको कार्यालय प्रमुख निरज विष्टले बताए ।

Leave a Reply

Your email address will not be published.