उर्लाबारी आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

उर्लाबारी , ७ मङ्सिर । मोरङको उर्लाबारी ७ इटहरारोडको सुन पसलमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । आगलागीमा शक्त घाइते भएका उर्लाबारी ७ का ४२ वर्षीय कुमार तामाङको उपचारका क्रममा आज मृत्यु भएको छ । तामाङको काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले बताए।
अस्पतालको आइसियु कक्षमा उपचाररत तामाङको बिहीबार आज बिहान ६ः २५ बजे निधन भएको घाइतेहरूको उपचारमा सहयोग गरिरहेका उर्लाबारीका राजन रायमाझीले जानकारी दिए। तामाङको शरीरको विभिन्न भागमा गरी ६५ प्रतिशत जलन भएको थियो ।गत कात्तिक २६ गते लक्ष्मीपूजाको राति मोरङको उर्लाबारी –७ इटहरा रोडमा स्थानीय दीपक कार्कीको सुन पसलमा अचानक आगलागी हुँदा आगो निभाउन गएका ४ प्रहरीसहित २८ जना घाइते भएका थिए । हाल सो अस्पतालमा २२ जना घाइतेको उपचार भइरहेको छ ।

जसमध्ये ६ जना सघन उपचार कक्षमा उपचार भइरहेको छ ।यसअघि उपचाररत तपन पण्डित र हेमकुमार दाहाल (दीपक) को मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published.