मेचीनगर, ७ मंसिर । झापा–१ अन्तरगत प्रदेशसभा १ बाट सदस्यमा नेपाली कांग्रेसका गोपाल तामाङ निर्वाचित भएका छन् । बुधबार सकिएको मत गणनामा नेकपा एमालेबाट उम्मेदवार बनेका रविन कोइरालालाई ४ हजार ३८८ मतान्तरले पराजित गर्दै तामाङ सांसद बनेका हुन् ।
तरुण दल झापाका सभापति समेत रहेका युवा नेता तामाङले २३ हजार ४५ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी कोइरालाले १८ हजार ६५७ मत पाएका छन् ।निर्वाचित भएको घोषणा हुन भने बाँकी छ । अहिले राति ७ वजे निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले घोषणा गर्नेछ ।
झापा–१ (२) बाट राप्रपाकी सबिना बजगाई विजयी
झापा–१ अन्तरगत प्रदेशसभा २ बाट सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सबिना बजगाई निर्वाचित भएकी छन् । बुधबार सकिएको मत गणनामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार बनेका श्यामविर लिम्बूलाई १ हजार ३८८ मतान्तरले पराजित गर्दै बजगाई सांसद बनेकी हुन् ।
महिला नेतृ एवम राप्रपाकी मेचीनगर अध्यक्ष समेत रहेकी बजगाईले १३ हजार ६१२ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी लिम्बुले १२ हजार २२४ मत पाएका छन् ।
निर्वाचित भएको घोषणा हुन भने बाँकी छ । अहिले राति ७ वजे निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले घोषणा गर्नेछ ।