प्याव्सन दमकको नयाँ नेतृत्व,अध्यक्षमा योगी

दमक ,८ मंसिर । नीजि तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याव्सन ) दमकको नयाँ नेतृत्व चयन भएको छ । शनिवार सम्पन्न प्याव्सन दमकको तेस्रो अधिवेशनबाट नविन योगीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा मित्र खत्री, सचिवमा लक्ष्मी नेपाल, सहसचिवमा विनोद बुढाथोकी,कोषाध्यक्षमा एलिजा सिटौला, र सहकोषाध्यक्ष यमूना बुढाथोकी चुनिएका छन् । यस्तै सदस्यहरुमा दिपेन्द्र पौडेल ,रेनुका खनाल ,प्रतिमा कोइराला ,सागर सुब्बा ,माधब भट्टराई लगायत चयन भएका छन् । अधिवेशन उद्घाटनका अवसरमा प्याब्सनका केन्द्रीय उपाध्यक्ष नारायण घिमिरेले निजी विद्यालयमाथि सरकारको दृष्टिकोण सकारात्मक नभएको बताएका थिए । अधिवेशन नगर समितिका अध्यक्ष जर्नादन मैनालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published.