दमक ,७ मंसिर । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन ) कमलको नयाँ नेतृत्व चयन भएको छ । प्याव्सन कमलको शुक्रवार सम्पन्न तेस्रो पालिका अधिवेशनले दिपक संग्रौलाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । सर्वसम्मत निर्वाचित समितिको सचिवमा त्रिलोचन गौतम र कोषाध्यक्षमा राम आङ्देम्बे चुनिएका छन् । यसैगरि, सदस्यहरुमा रुपक सापकोटा
,रीता खनाल लगायत चुनिएका निर्वाचन संयोजक रामहरी घिमिरेले जानकारी दिए । समितिको रिक्त रहेको केहि पदाधिकारी र सदस्यहरुमा भने आगामी बैठकले चयन गरिने जनाईएको छ ।
प्याव्सन कमलका अध्यक्ष बदीराम राईको अध्यक्षता तथा प्याव्सन झापाका अध्यक्ष गौरीमान फागोको प्रमुख आतिथ्यतामा भएको अधिबेशन उद्घाटनमा कमल गाउँपालिका शिक्षा शाखाका प्रमुख सुर्य न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए । २०७५सालमा स्थापना भएको कमल प्याव्सनमा विभिन्न १९ वटा संस्थागत विद्यालयहरु आवद्ध छन् । अधिबेशन दमकको बेलडाँगी रोडस्थित जोङग्री रेष्टुरेन्टमा भएको थियो ।