काठमाडौं -५ मा एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेललाई हराउदै कांग्रेसका प्रदीप पौडेल निर्वाचित

 

काठमाडौँ ,६ मंसिर । काठमाडौं क्षेत्र न.५ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रदीप पौडेल निर्वाचित भएका छन् । उनले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई ५ हजार ६२ मतान्तरले पराजित गरेका छन् ।
भर्खरै सकिएको मतगणनाको अन्तिम परिणामअनुसार पौडेलले १५ हजार २३७ मत पाएका छन् भने एमालेका पोखरेलले १० हजार १७५ मत पाएका छन् । पौडेलले मतगणनाको शुरुवातीदेखि अग्रता लिदैआएका थिए ।
निर्वाचन अधिकृतको कार्यालयले अन्तिम परिणाम औपचारिक मत परिणाम केहीबेरमा सार्वजनिक गर्ने जनाएको छ ।यहाँ ४५ हजार ९ सय ८७ मत खसेको थियो।

यसैवीच निर्वाचनमा पराजित भएका पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् पौडेललाई बधाई दिएका छन्।

 

Leave a Reply

Your email address will not be published.