झापा १ मा विश्वप्रकाशलाई ७ हजार मतान्तरको अग्रता

झापा, ६ मंसिर। झापा १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ७ हजार मतान्तरसहित अग्रता लिएका छन् । मंगलबार साँझसम्म गनेको ३६ हजार ६६४ मतमध्ये शर्माले १८ हजार ३७४ मत पाएका छन् ।

नेकपा एमालेका उम्मेदवार अग्निप्रसाद खरेलले ११ हजार ३३१ मत पाएका छन् । शर्माले खरेलले भन्दा ७ हजार ४३ मत पाएका हुन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमनाथ भण्डारीले ३ हजार ६५३ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published.