दमक,६ मंसिर । झापा क्षेत्र न. ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रता कायमै राखेका छन् ।२४४५१ मतगणनाको सार्वजनिक मतपरिणाम अनुसार उनले नेपाली कांग्रेसका उम्मेदवार डा. खगेन्द्रपाण्डव अधिकारीलाई ५ हजार ८३ मतान्तरले अग्रता लिएका हुन् ।
ओलीले १२ हजार एक सय ८६ मत प्राप्त गरेका छन् भने उनका प्रतिष्पर्धी अधिकारीले ७ हजार १ सय ८६ मत ल्याएका छन् ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका शुरेस पोख्रेलले २११३ ,जनमत पार्टीका भीमराज राजवंशीले १०३० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।