लुङा पत्रिकाको रजत वर्ष, दुई पत्रकार पुरस्कृत हुदै

दमक,६ मंसिर । लुङा त्रैमासिक पत्रिकाले आफ्नो प्रकाशनको २५ वर्ष पूरा गरेको अवसरमा लुङा रजत वर्ष विशेषाङ्क -२०८१ प्रकाशन गर्ने भएको छ ।लुङा प्रकाशन परिवारको बिहीबार बसेको बैठकले आउँदो मंसिर २१ गते शुक्रबार एक समारोहका बीच दमकमा लुङा रजत वर्ष विशेषाङ्कको बिमोचन गर्नुका साथै दुइ अग्रज पत्रकारलाई सम्मान गर्ने निर्णय भएको पत्रिकाका प्रकाशक÷सम्पादक सेसेमी से-नाल्बोले बताएका छन् ।
पत्रिका २५ वर्ष अघि पाँथथरको साविक मौवा गाविस, हाल तुम्बेवा गाउँपालिका- २ स्थायी ठेगाना राखी प्रकाशन सुरु भएको थियो । दमक -१ सम्पर्क कार्यालय रहेको लुङा त्रैमासिक पत्रिकाले आफ्नो प्रकाशनको २५ वर्ष पूरा गरी विशेषाङ्क प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।
दुई पत्रकार पुरस्कृत हुने
सोही अवसरमा पत्रिकाले दुई जना पत्रकारलाई याक्थुङ सेनाल्बो पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिने भएको छ ।याक्थुङ सेनाल्बो पत्रकारिता पुरस्कार २०७९ र २०८० बाट क्रमशः इत्तुङ्साङ समसामयिक पत्रिकाका प्रकाशक-सम्पादक थाकुहाङ मेरिङ र धड्कन पत्रिका (भारत, आसाम)का प्रकाशक÷सम्पादक लोकमान सुब्बा आङदेम्बेलाई पुरस्कार प्रदान गरिने निर्णय भएको पत्रिकाले जनाएको छ । पुरस्कृत पत्रकारद्वयलाई नगद २० हजार रूपैयाँ राशीसहित तामापत्र प्रदान गरिने छ ।

Leave a Reply

Your email address will not be published.