स्कुल बस खरिदका लागि पूर्व शिक्षिका बाँस्कोटाले दिईन् १ लाख बढी सहयोग

शिवसताक्षी ,६ मंसिर । झापा,शिवसताक्षी- ७ फाक्तेपस्थित बाल सेवा आधारभुत बिद्यालयले सञ्चालनमा ल्याएको स्कुल बस खरिद अभियानका लागि पूर्व शिक्षिका समेत रहेकी निर्मला बाँस्कोटा ढुंगाना दम्पत्तीले एक लाख बढी सहयोग गरेका छन् ।
अमेरिका बस्दैआएकी निर्मला सहित उनका श्रीमान युबराज ढुंगानाले अभियानमा सघाउँ पुरयाँउन १ लाख १५ हजार १ सय ११ रुपैया सहयोग दिएका हुन् ।उक्त सहयोग रकमको चेक बुधबार विद्यालयमा पुगेर दाता परिवारका कुमार बाँस्कोटाले हस्तान्तरण गरे । रकम हस्तान्तरण कार्यक्रममा बिद्याालय ब्यबस्थापन समिति, पिटिए तथा शिक्षकहरुको सहभागिता थियो ।
ढुंगाना परिवारले उपलव्ध गराएको सहयोगले स्कूल बस नियमित सञ्चालनमा सघाँउ पुग्ने विद्यालयका प्रधानाध्यापक बेनुप्रसाद कार्कीले बताए । उनका अनुसार स्कूल बस खरिदका लागि हालसम्म करिब २५ लाख बढी रकम संकलन भईसकेको र अझै रकम संकलन गर्ने कार्य भईरहेको छ ।
बिध्यालय ब्यबस्थापन समितिका सदस्य प्रेम रोक्काले स्कूल बस खरिद अभियानमा विद्यालयका संस्थापक अध्यक्ष जितेन्द्रराज चेम्जोङ्ग परिवारले १ लाख ११ हजार १ सय ११ रुपैया , झापा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य एलपी सावाँले ६५ हजार ५ सय २५ रुपैयाँ , लिलाराज आङ्देम्बे परिवारबाट ६२ हजार ६ सय १५ , पूर्व बिद्यार्थी सुनिल सम्बाहाम्फेले ५४ हजार ५ सय रुपैया , समाजसेवी चापेता शेर्माले ५१ हजार १ सय ५१ रुपैया ,पूर्व शिक्षक बलबहादुर राइले ५१ हजार रुपैया र बिध्यालयका शिक्षकहरुबाट एक महिनाको खाइपाइ आएको तलब उपलव्ध गराईसकेका छन् ।
त्यसैगरि दक्षिण कोरियामा कार्यरत पूर्व बिद्यार्थीहरुबाट २ लाख ४३ हजार, साउदी अरब बस्दैआएका रोशन भट्टराईको पहलमा १ लाख बढि रकम प्राप्त भएको समेत बिद्यालयले जनाएको छ ।
यसैगरि, स्थानीय शिक्षाप्रेमी , अभिभावक , ब्यबसायीहरु लगायतबाट गरि हालसम्म २५ लाख बढि आर्थिक सहयोग जुटिसकेको विद्यालयका सहायक प्रधानाध्यापक बमबहादुर बुढाथोकीले बताए ।
शिवसताक्षी नगरकै आधारभूत तह अन्तरगत नमुना बिद्यालयको रुपमा छनौट सो विद्यालयले विद्यार्थी ओसार्न स्कूल बस खरिद गरि दुई महिनादेखि सञ्चालनमा ल्याएको छ । स्कुल बस सञ्चालनमा आएसंगै बिद्यार्थीहरुलाई विद्यालय आउतजाउतमा सुविधा पुगेको छ ।
२०३० सालमा स्थापना भएको सो बिद्यालयमा हाल अङ्ग्रेजी माध्यमबाट पठन पाठन भइरहेको छ भने कक्षा १ र २ मा नगरपालिकाको अनुदानमा ऐच्छिक विषयका रुपमा लिम्बू भाषाको पठनपाठन हुदैआएको विद्यालयका अध्यक्ष गोविन ल्यावगुनले बताए ।

 

Leave a Reply

Your email address will not be published.