दमक,५ मंसिर । नेपाल पत्रकार महासंघ झापाका सचिव डिकेश लामा पुरस्कृत भएका छन् । दमक ६ मा मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले स्थापा गरेको फाल्गुनन्द सहकारी पत्रकारिता पुरस्कार -२०८० बाट पुरस्कृत भएका हुन् ।
संस्थाले आज आफनो १२ औ बार्षिक साधारणसभामा पत्रकार लामालाई नगद रु १० हजार तथा ताम्रपत्र पुरस्कृत गरिएको हो । सहकारीका क्षेत्रमा कलम चलाएवाँपत सहकारीले हरेक बर्ष एक जना पत्रकारलाई पुरस्कृत गरिआएको छ ।
दमकमा रहेर दुई दशकदेखि क्रियाशील उनी नेपाल टेलिभिजन झापा संवाददाता हुन् ।