झापा ५ मा एमाले अध्यक्ष ओलीको शुरुवाती अग्रता

दमक,५ मंसिर । झापा क्षेत्र न. ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुरुवाती अग्रता लिएका छन् । जारी ६२१५ मतगणनाको सार्वजनिक मतपरिणाम अनुसार उनले नेपाली कांग्रेसका उम्मेदवार डा. खगेन्द्रपाण्डव अधिकारीलाई आधा बढी मतले अग्रता लिएका हुन् ।
ओलीले ३२ सय १२ मत प्राप्त गरेका छन् भने उनको प्रतिष्पर्धी कांग्रेसका डा. अधिकारीले १५ सय २३ मत ल्याएका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका शुरेस पोख्रेलले ६०२ मत ल्याएका छन् ।
झापा ५ का निर्वाचन अधिकृत डम्बर काफ्लेका अनुसार झापा ५ मा ७६ हजार ६७ पुरुष, ७८ हजार २२० महिला र अन्य २ गरी १ लाख ५४ हजार २८९ मतदाता रहेकोमा ६६ दशमलव २० प्रतिशत अर्थात १ लाख २ हजार १ सय ५० मत खसेको छ
झापा ५ मा प्रतिनिधिसभा सदस्यतर्फ एमालेका अध्यक्ष ओली, काँग्रेसका डा. अधिकारीसहित २५ जना उम्मेदवारहरु प्रतिस्पर्धामा छन् ।

Leave a Reply

Your email address will not be published.