तेह्रथुमको आङ्दिममा भोलि फेरि मतदान हुने

तेह्रथुम ,५ मंसीर । तेह्रथुमको छथर गाउँपालिका १ आङ्दिमको एक मतदान केन्द्रमा फेरि मतदान हुने भएको छ । केन्द्रमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फको मतपत्र साटिएपछि फेरि मतदान हुने भएपछि मतगणना स्थगित भएको हो ।

छथर गाउँपालिका–१ आङ्दिम वडा कार्यालय (ख ) मतदान केन्द्रमा हिजो आइतवार भएको प्रत्यक्षतर्फको मतदान रद्द गरी भोलि मङ्गलवार फेरि मतदान गर्ने निर्णय भएको हो । फेरि मतदान भएपछि मतपेटिका सङ्कलन गरी सर्वदलीय बैठकपछि मात्रै मतगणना हुने भएको मुख्य निर्वाचन अधिकृत प्रेमश पोखरेलले जानकारी दिए ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार तेह्रथुममा ५७ दशमलव २९ प्रतिशत मत खसेको छ ।

Leave a Reply

Your email address will not be published.