झापामा ६७.२७ प्रतिशत मत खस्यो

झापा , ४ मंसिर । आज सम्पन्न निर्वाचनमा झापामा ६७.२७ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि आइतवार भएको मतदानमा ६७.२७ प्रतिशत मत खसेको हो ।
मतदान सामान्य छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको जिल्ला निर्वाचन अधिकारी तुलसीकुमार नेपालले बताए । सबैभन्दा बढी प्रतिशत मत क्षेत्र नं १ मा र सबैभन्दा कम प्रतिशत मत क्षेत्र नं ४ मा खसेको उनले बताए ।

निर्वाचन क्षेत्रगत रुपमा क्षेत्र नं १ मा ७२.६३ प्रतिशत , क्षेत्र नं २ मा ६५.४२ प्रतिशत , क्षेत्र नं ३ मा ६८.२० प्रतिशत , क्षेत्र नं ४ मा ६४.४४ प्रतिशत र क्षेत्र नं ५ मा ६६.२० प्रतिशत मत खसेको नेपालले जानकारी दिए । गत २०७४ को आम निर्वाचनमा झापामा ६६ प्रतिशत मत खसेको थियो । यस पटक एक प्रतिशतले बढेको छ । अन्य जिल्लाको तुलनामा झापामा मतदाताको सहभागिता उत्साहजनक देखिएको उनले जानकारी दिए । यस निर्वाचनमा ६ लाख ६३ हजार ३ सय ११ जना मतदाता रहेका थिए ।

Leave a Reply

Your email address will not be published.