सेनाको गाडीले ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु

झापा,४ मंसिर । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीमा निर्वाचनको सुरक्षामा खटिएको नेपाली सेनाको गाडीले ठक्कर दिदाँ एक जना मोटरसाईकल चालकको मृत्यु भएको छ ।
आज विहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाईकलमा सवार मेची नगरपालिका १३ धाइजन बस्ने होम बहादुर खत्रीको मृत्यु भएको हो । उनी सवार प्रदेश १–०१–०१२ प ३८५७ नम्बरको मोटरसाइकल आईतबार बिहान नेपाली सेनाको सवारीसँग ठक्कर खाएको थियो । ठक्करबाट मोटरसाइकल चालक खत्रीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.