दमक, ४ मंसिर । झापा, कमल गाउँपालिका १ की १०७ बर्षिया बृद्धा रत्नाकुमारी पराजुलीले मतदान गरेका छन् । उनले बासबारीस्थित बाँसबारी माध्यमिक विद्यालय मतदान केन्द्रमा आज विहान मतदान गरेको वडाध्यक्ष केदार कटुवालले जानकारी दिए ।
१३५०४३३९ मतदाता नम्बर भएका बृद्धा पराजुलीको विक्रम सम्बत १९७३ साल माघ १६ गते जन्मभएको निर्वाचन आयोगको परिचय पत्रमा उल्लेख छ । मतदान केन्द्रसम्म ल्याउन उनका परिवारले सहयोग पुरयाँएका थिए । मतदान गरेपछि बृद्धा पराजुलीले देश बनाउन आफूले भोट दिएको बताएकी थिइन् ।