केर्खामा नवजागरण महिला समाजको कार्यालय उद्घाटन

केर्खा ,५ मंसिर । झापाको कमल गाउँपालिकामा नवजागणरण महिला समाजको कार्यालय उद्घाटन गरिएको छ ।महिला हकहित तथा उनीहरुलाई सामाजिक रुपमा शसक्तीकरण गर्ने उद्देश्यले स्थापना गरिएको सो संस्थाले आजदेखि आफनो कार्यालय सञ्चालनमा ल्याएको हो ।
कमल ३ केर्खास्थित फाल्गुनन्द टोलमा सञ्चालनमा ल्याईएको सो संस्थाको गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले उद्घाटन गरे । कार्यालय उद्घाटनका क्रममा अध्यक्ष राईले समाज रुपान्तरणमा सवै क्षेत्र,समुदायको योगदान भएमात्र सार्थकता हासिल हुने जोड दिए ।
उक्त संस्था सामाजिक रुपमा सक्रिय बिष्णुमाया वेघाको अध्यक्षतामा समिति गठन गरिएको हो । नवगठित समितिले महिला हकहित संगै सामाजिक हितका विषयमा जनचेतनामूलक विभिन्न कामहरु गरिआएको सचिव रिता खतिवडाले बताईन् । गठित समितिको उपाध्यक्षमा तिला खरेल, सचिवमा रिता खतिवडा ,सहसचिवमा सिता खड्का र कोषाध्यक्षमा कमलादेवी दाहाल तथा सदस्यहरुमा बालकुमारी प्रसाई, सबनम लिम्बू,टंक कुमारी ढकाल, नैना कला सेडाई,शुशिला पाण्डे र कमला भण्डारी चुनिएकी छन् ।
उद्घाटन कार्यक्रममा कमल १ का वडाअध्यक्ष केदार कटुवाल, कमल ३ का वडाअध्यक्ष अग्नी कोइराला, कमल ६ का नरेन्द्र भटटराई, उद्यमशील महिला जागरण केन्द्रकी अध्यक्ष शान्ता उप्रेती दाहाल , समावेशी महिला शसक्तिकरण केन्द्रकी अध्यक्ष पूर्णिमा देवान, फाग्नुनन्द टोल विकास संस्थाकी अध्यक्ष शेलिना राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाकी सहसचिव सीता खड्काले स्वागत मन्तव्य राखेकी सो कार्यक्रममा स्थानीय सामाजिक संघसंस्थाका प्रतिनिधिहरु,स्थानीयहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.