मंसिर ७ र ८ मा कियाचु दमकको ११ औ नगर अधिबेशन

दमक,४ मंसिर । किरात याक्थुङ चुम्लुङ ( कियाचु ) दमकको यहि मंसिर ७ र ८ गते ११ औं नगर अधिबेशन हुने भएको छ ।स्थानीय किरात भवनमा हुने अधिबेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । चुम्लुङ दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङले नगर अधिबेशन भव्य तथा सभ्य रुपले सम्पन्न गर्न आवश्यक सवै तयारी धमाधम भईरहेको बताए । उनका अनुसार अधिबेशन सफल बनाउन दमकका ८ वटा वडाको अधिबेशन सम्पन्न भईभईसकेका र अन्य तयारीका कामहरु भईरहेका छन् ।
अधिबेशन उद्घाटनका अवसरमा चुम्लुङलाई योगदान पुरयाँएवापत पूर्व नगर अध्यक्ष गुमानसिंह सम्बाहाम्फे र तिलकुमार शेर्मासहित ८० वर्ष माथिका ज्येष्ठहरुलाई सम्मान गरिने कार्यक्रम तय गरिएको छ । सोहि अवसरमा लिम्बू समुदायबाट कक्षा ११ र १२ उत्तीर्ण गर्ने लिम्बू विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिने कार्यक्रम तय गरिएको अध्यक्ष चेम्जोङले बताए ।
अधिबेशन उद्घाटन सत्रमा चुम्लुङ दमकद्धारा अध्यक्षको प्रतिवेदन र कोषाध्यक्षद्धारा आर्थिक प्रतिवेदन पेश गरिनुका साथैं भावी कार्ययोजनाका विषयमा छलफल गरिने कार्यक्रम तय गरिएको छ । अधिबेशनको दोश्रो दिन नगर नेतृत्व चयनका कार्यक्रमहरु तय गरिएका छन् ।
चुम्लुङ संघीय अध्यक्ष प्रेम येक्तेनको प्रमुख आतिथ्यतामा हुने अधिबेशन उद्घाटनमा केन्द्रीय समिति, प्रदेश समिति ,जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहने छ । नयाँ नेतृत्व चयन गर्न चुम्लुङ झापा जिल्ला अध्यक्ष शेसेहाङ फियाकको संयोजकत्वमा तीन सस्यीय निर्वाचन गठन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.