सडकमा रहेकी गर्भवतीको उपप्रमुखद्धारा उद्धार

दमक, ४ मङ्सिर । झापाको दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईको अगुवाइमा सडकबाट एक गर्भवतीको उद्धार गरिएको छ । गर्भवतीलाई सुत्केरी बेथाले च्यापेको थाहा पाएपछि तत्कालै उद्धार गरेर दमक अस्पताल पु–याएपछि शिशु जन्मिएको थियो । हाल आमा र शिशु दुवैको स्वास्थ्य राम्रो भएको अस्पतालले जनाएको छ । उनको हेरचाह र उपचारको सम्पूर्ण बन्दोबस्त नगरपालिकाले मिलाएको पनि उपप्रमुख प्रसाईले बताईन् ।
महिलाको परिवार तथा बच्चाको बाबुको विषयमा उपचारपछि खोजीका लागि सम्बन्धित निकायसँग पहल गरिने जनाइएको छ । अस्पतालबाट डिस्चार्ज गरेपछि नगरपालिकाले सञ्चालन गरेको महिला सुरक्षित आवासगृहमा राखिने तयारी भएको छ । दमक नगरपालिकाकी महिला शाखा प्रमुख सरिता भण्डारीका अनुसार तीन वर्षअघि पनि यस्तै एक महिलाको उद्धार गरिएको थियो ।
विपत्मा परेका तथा अलपत्र अवस्थामा भेटिएका महिला तथा बालबालिकालाई अस्थाई रूपमा सुरक्षित तवरले राख्नका लागि नगरपालिकाले केही केही वर्षअघिदेखि सेफ हाउस सञ्चालन गर्दै आएको छ । उनले जिल्लाका विभिन्न स्थानमा निःशुल्क प्रशिक्षण समेत प्रदान गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published.