कियाचु दमक ६ को नयाँ नेतृत्व, अध्यक्षमा शेर्मा

दमक,३ मंसिर । किरात याक्थुङ चुम्लुङ ( कियाचु ) दमक- ६ वडा समितिको अध्यक्षमा कबिन्द्र शेर्मा चुनिएका छन् । चुम्लुङ वडा समितिको आज सम्पन्न चौथो अधिबेशनले शेर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
सर्वसम्मत निवाचित समितिको उपाध्यक्ष मा अमृता केरूङ सेनेहाङ, सचिबमा . रमा केरूङ, सहसचिबमा. बिजय लिङदेन र कोषाध्यक्षमा पूर्ण कुमारी सावदेन चुनिएका छन । यसैगरि, सदस्यहरुमा अनिता जबेगु, उमा नेयङ,. खगेन्द्र जबेगु,अन्जु केरूङ, सन कुमार योङहाङ र. सरीता थेबेचुनिएको हो । कियाचु दमक नगर अध्यक्ष देवेन्द्र मावोहाङको प्रमुख अतिथ्यतामा अधिबेशन सम्पन्न भएको वडा अधिबेशन उद्घाटनमा चुम्लुङका सदस्यहरु,शुचेच्छुकहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.