कानेपोखरीमा सुरक्षित आवास कार्यक्रमः हालसम्ममा ११९ घर टहरा निर्माण

पथरीशनिश्चरे, ३ मंसिर । मोरङको कानेपोखरी गाउँपालिकाले आफ्ना विपन्न नागरिकहरूको लागि सुरक्षित आवाससहितका घर टहरा निर्माण गर्ने कार्यलाई जारी राखेको छ।
विगत पाँच वर्षदेखि वर्षेनी सो गाउँपालिकाले आफ्ना पालिकामा बसोबास गर्दै आएका अति विपन्न, घरबारविहीन तथा गरिब नागरिकहरूको लागि आवास निर्माण गरिरहेको हो।
चालु आर्थिक वर्ष २०८१-०८२ का लागि उक्त गाउँपालिकाको वडा नम्बर ४ को केम्पाघाटमा सहारा नेपाल र हेबिटेन्ट नेपालको आर्थिक साझेदारीमा ३० वटा कंक्रिट घर टहराहरू निर्माण भइरहेको गाउँपालिकाकी अध्यक्ष राजमती ईङ्नामले जानकारी दिए। उनले नगरपालिकाको सुरक्षित आवास कार्यक्रम अन्तर्गत कूल १ करोडको लागतमा ती दुई संस्थाको लागत साझेदारीमा भान्सा, घर र शौचालय सहितको २ कोठे आवासहरू निर्माण भइरहेको बताए।
यस वर्ष वैज्ञानिक तवरले प्रशोधन गरिएको बाँस, तारजाली र सिमेन्टको प्रयोग गरी एकतले पाताले छाएको आवासहरू निर्माण भइरहेको उनले जानकारी दिए।
हाल सम्ममा उक्त पालिकाभित्र पालिकाको सुरक्षित आवासका कार्यक्रम अन्तर्गत १ सय १९ वटा सुरक्षित घर निर्माण भइसकेका छन्।

Leave a Reply

Your email address will not be published.