दमकमा व्यवसाय सुधार सम्बन्धी चारदिने कार्यशाला शुरु

दमक,३ मंसिर ।आजदेखि दमकमा चार दिने व्यवसाय सुधार सम्बन्धी कार्यशाला शुरु भएको छ । दमकका व्यवसायीहरुको प्रतिनिधिमुलक सहभागितामा व्यवसाय सुधार सम्बन्धिको चार दिने कार्यशाला शुरु भएको हो ।
दमक उद्योग वाणिज्य संघको आयोजना र अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ )को सहयोगमा सञ्चालित चार दिने कार्यशालामा संघका पदाधिकारी, सदस्यहरु, लेखा समिति लगायत दमकका युवा उद्यमी, व्यवसायीहरु करिब ४० जनाको सहभागिता थियो ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समिति सदस्य प्रितम खड्गीको प्रमुख आतिथ्यमा भएको कार्यशाला उदघाटन कार्यक्रममा खड्गीले व्यवसायीहरुको व्यवसाय प्रवद्र्धनमा यो तालिमले ठुलो सहयोग पुरयाउने विश्वास व्यक्त गरे ।
स्थानीय सरकारहरुले सञ्चालन गर्ने तालिमहरु औपचारिकतामा सिमित हुने गरेको भन्दै व्यवसायी नेता खड्गीले उपलब्धिमुलक र परिणामदायी तालिमहरु सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
तालिमका मुख्य प्रशिक्षक बाबुराम रानाभाटले नेपालमा ४० प्रतिशत व्यवसायीहरुले व्यवसाय शुरु गरेर दुई बर्ष नपुग्दै व्यवसाय छोड्ने गरेको र ५ बर्ष नपुग्दै ७५ प्रतिशत व्यवसायीहरु व्यवसायबाट पलायन हुने गरेको तथ्याङक सुनाए । उनले व्यवसायिक ज्ञानको कमिका कारण व्यवसायलाई निरन्तरता दिन नसकिरहेको तथ्य रहेको पनि उल्लेख गरे । दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँले व्यवसायीहरुको सीप र ज्ञानको बिकासले मात्रै व्यवसायिक क्षेत्रमा सफलता दिने र परिणामदायी बनाउने भएकाले यस किसिमको कार्यशालाबाट व्यवसायीहरुले लाभ लिन सकिने उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published.