दमक ,३ मंसिर । नीजि तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याव्सन) शिवसताक्षी नगरको नयाँ नेतृत्व चयन भएको छ ।आइतवार सम्पन्न तेस्रो पालिका अधिवेशनले रामप्रसाद सुहाङको अध्यक्षतामा प्याव्सनको नयाँ नेतृत्व चयन भएको छ ।
सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा चन्द्रकुमार मादेम्वा सचिवमा सूर्यप्रसाद अधिकारी, कोषाध्यक्षमा राजु बुढाथोकी चुनिएका छन् । त्यसैगरि,सदस्यहरूमा इन्द्र तामाङ,सरु अधिकारी लगायत चयन भएको प्याव्सन शिवसताक्षीले जनाएको छ ।