भट्टराईले निर्वाचन आचारसंहिता विपरीत भोट मागे

दमक,२ मंसीर । नेकपा एमालेका तर्फबाट ताप्लेजुङ्गका प्रतिनिधिसभा सदस्यका उम्मेदवार योगेश भट्टराईले निर्वाचन आचारसंहिता विपरीत भोट मागेको पाईएको छ ।
आफनो सामाजिक सञ्जाल फेसबुकमार्फत एमाले सचिव समेत रहेका उम्मेदवार भट्टराईले आज दिउँसो मतदाताहरुसंग भोट मागेको हुन् ।
मंसीर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन कार्यक्रम अन्तर्गत गएराति देखि मौन अवधि शुरु भएको छ । मौन अवधिमा उम्मेदवारका पक्षमा प्रभाव पार्ने, भेला हुने ,मत माग्ने लगायतका गतिविधि गर्न पाईदैन् । तर, उनले निर्वाचन कार्यक्रमलाई प्रभावित हुने गरि निर्वाचन गतिविधि गरेको पाईएको हो ।
मौन अवधिमा निर्वाचन आचारसंहिता अवज्ञा गरि चुनावी प्रचारप्रसार लगायतको गतिविधि गरेको पाईएमा २५ हजारसम्म जरिवाना गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।
उम्मेदवार भट्टराईले फेसबुकमा क्षेत्रबासीलाई सम्बोधन गरि भोट मागेको उल्लेख छ । फेसबुकमा उनले भोट मागेको चुनावी गतिविधि उल्लेख गरेपछि चौतर्फी आलोचना हुदैआएको छ ।

Leave a Reply

Your email address will not be published.