दमकमा सत्तारुढ गठबन्धनको चुनाव लक्षित पदयात्रा

दमक,१ मंसिर । मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई आफना पक्षमा पार्न दलहरुले विहिबार अन्तिम चुनावी कार्यक्रम गरेका छन् ।यसैक्रममा सत्तारुढ गठबन्धनले दमकमा चुनाव लक्षित प्रभातफेरी निकालेका छन् भने नेकपा एमालेले गौरीगञ्जमा चुनावी सभा गरेको छ ।
दमकमा गठबन्धनले स्थानीय गोरखा डिपार्टमेन्टबाट शुरु भएको प्रभातफेरी चौक , वजार हुदै पुनः गणतन्त्र चौंकमा आएर समापन गरिएको थियो । सभामा बाम–लोकतान्त्रिक गठबन्धनबाट झापा क्षेत्र नम्बर ५ प्रतिनिधिसभाका उम्मेदवार डा. खगेन्द्र पाण्डव अधिकारी , प्रदेशसभा (२ ) का उम्मेद्वार गगन पुरी,नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा विद्यार्थी नेता रञ्जित तामाङ्ग लगायतले यस क्षेत्रको समृद्धि र विकासका लागि सत्तारुढ गठबन्धनले चुनाव जित्न आवश्यक भएको जोड दिए ।उनीहरुले लामोसयमदेखि एमालेले जितेपनि यस क्षेत्रले समृद्धि प्राप्त गर्न नसकेको भन्दै अव परिवर्तनका पक्षमा क्षेत्रबासीले आफनो अभिमत दिनुपर्ने औल्याए ।
समृद्धिका लागि एमालेलाई मत दिन ओलीको आग्रह
एमालेले गौरीगञ्जमा आयोजित चुनावी सभामा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले विकास र समृद्धिका लागि एमालेलाई मत दिन आग्रह गरे । झापा ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओलीले यस क्षेत्रको जनताको जीवनस्तर उकास्नका लागि काम अघि बढाउने उल्लेख गरे ।
एमालेको नेतृत्वको सरकार हुँदा हुलाकी मार्ग निर्माण सुरु भएको बताउदै उनले त्यस सडक पूरा भएपछि दक्षिणी भेगले परिवर्तन पाउने जोड दिए ।
गौरीगञ्जलाई स्मार्टसिटीका रूपमा विकास गरिने बताउदै उनले हुलाकी राजमार्ग बनिसकेपछि गौरीगञ्जको विकास हुने बताए । यसअघि झापा क्षेत्र नं १ मा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले मङ्सिर ४ गतेको निर्वाचनले देशको भाग्य र भविष्य निर्माण गर्ने हुँदा मतदातालाई संयमित बनेर देश जोगाउने शक्तिलाई मतदान गर्न आग्रह गरे ।
निर्वाचनबाट देश जोगाउने शक्ति आउनुपर्ने भन्दै उनले भने, “यसले जनताको भाग्य र भविष्यको फैसला गर्नेहुँदा बेलैमा होस पु¥याउनुस ।”
क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्वकानूनमन्त्री तथा नेकपा (एमाले ) का स्थायी कमिटी सदस्य अग्नि खरेल, प्रदेश (१ ) का सदस्यका उम्मेदवार तथा संविधान सभासदस्य रवीन कोइराला र (२ ) की उम्मेदवार राप्रपाकी सविना बजगाइँले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published.