दमक चक्रपथ बनाई छाड्छु : उम्मेदवार पुरी

दमक,१ मंसिर । झापा क्षेत्र नम्बर ५ प्रदेशसभा (२ ) का बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्वार गगन पुरीले आफु प्रदेशमा निर्वाचित भएपछि दमक चक्रपथ निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् । स्थानीय सञ्चारकमीहरुसंग आज कुरा गर्दै उम्मेद्वार पुरीले अहिले अस्तब्यस्त रहेको चक्रपथको निर्माण आप्mनै कार्यकालमा सम्पन्न गर्ने उल्लेख गरे ।
दमक चक्रपथ निर्माण सम्पन्न भए दमकका ग्रामीण भेगका नागरिकहरुको जीवनस्तर परिवर्तन हुने भन्दै उनले भने, –‘दमक चक्रपथ निर्माणलाई पहिलो प्राथमिकतामा राखेर समयमै योजना पूरा गर्न लाग्नेछु । ’चक्रपथ पूरा भएपछि नगरका उत्तरी तथा दक्षिणी क्षेत्रस्थित कृषि क्षेत्रबाट कृषि उपज मुख्य बजार क्षेत्रसम्म ल्याउन र अन्य उपभोग्य वस्तु ग्रामीण क्षेत्रसम्म पु¥याउन पनि सहज हुने उनले औल्याए । चक्रपथ बनेपछि स्थानीयस्तरमा स्वास्थ्य, शिक्षालगायतका सेवाको उपभोगमा सहजता हुने उनको जोड छ ।
निर्माण सुरु भएर पनि काम अघि बढ्न नसकेको दमक रबि सडक (फाल्गुनन्द मार्ग) उनै पुरीको नेतृत्वमा निर्माण सम्पन्न हुने चरणमा अघि बढेको छ । सोहि सडक निर्माणमा आफुले लिएको अनुभवका आधारमा दमकको चक्रपथलाई पनि अघि बढाउने भन्दै उनले रबि सडकको अनुभवले यहाँ काम गर्ने उल्लेख गरे ।
यस्तै चक्रपथ निर्माणले नगरको शहरीकरणको विकास समेत सबै क्षेत्रमा पुग्ने र जनघनत्वको व्यवस्थापनमा समेत यसले सहयोग पु¥याउने उम्मेद्वार पुरीको भनाई छ ।
नगरका तत्कालीन १९ मध्ये १५ वटा वडाहरूलाई छुने स्थान, रतुवा र मावा खोलाको कटान नियन्त्रण पनि हुने अपेक्षासहित आजभन्दा २६ बर्ष अघि चक्रपथको अवधारणा ल्याइएको थियो । यहाँका यसअघिका जनप्रतिनिधिले निर्माण सम्पन्न गराउने पटक पटक वाचा गरे पनि हालसम्म ३३ किलोमिटर लामो यो चक्रपथ निर्माण सम्पन्न हुन सकेको छैन् ।

Leave a Reply

Your email address will not be published.