पथरीशनिश्चरे,१ मंसिर। टिफरको ठक्करबाट मोरङ, पथरीशनिश्चरे–७ का दुई जना युवाको ज्यान गएको छ । मृत्यु हुनेमा मोटरसाईकलमा सवार १८ वर्षीय निश्चल आङदेम्बे र पथरीशनिश्चरे–२ का ४८ वर्षिय प्रितम गौतम रहेको जिल्ला प्रहरी कार्यालयल जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा परि गम्भीर घाइते भएका उनीहरुलाई तत्काल उपचारका लागि उर्लाबारी -३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर लगिएको थियो । शरीरको विभिन्न भागमा चोट लागि गम्भिर घाईते भएका दुवै जनाको उपचारकै क्रममा मंगलबारे अस्पतालमा शनिवार दिउसो ३ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनालगत्तै टिप्पर र चालक मोरङ, सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ६ का ३५ वर्षिय सुरेश राईलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको पथरी प्रहरीले जनाएको छ ।