दमक,३० कार्तिक । झापा क्षेत्र न. ५ प्रदेशसभा ( २ ) का युवा उम्मेदवार गगन पुरीले यस क्षेत्रमा यातायात र घरेलु कार्यालय नहुदाँ स्थानीयले समस्या खेप्नुपरेको भन्दै आफूले जिते ती कार्यालय दमकमा ल्याउने बताएका छन् ।
आज दमक वडा नम्बर ८ को घरदैलो सहितको कोणसभामा बोल्दै उम्मेद्वार पुरीले यस क्षेत्रका बासिन्दाका लागि मुख्यतय ती दुई सरकारी अडडा आबश्यक भएको भन्दै आफूले जिते एकबर्ष भित्र ती कार्यालय दमकमा ल्याउने प्रतिवद्धता समेत जनाए ।
विकासका लागि आफूले काम गर्ने उल्लेख गर्दै नेकपा माओवादी केन्द्रका नेता समेत रहेका बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्वार पुरीले यस क्षेत्रलाई झापाकै समृद्धि ठाउँ बनाउने आफ्नो एकमात्र एजेण्डा भएको बताए । पुरीले विकास र समृद्धिको एजेण्डा र काम गर्ने क्षमता आफनो प्रतिष्पर्धीसंग नभएको भन्दै गफ गर्नेलाई नभएर काम गर्नेलाई मत दिनु पर्ने धारणा राखे । स्थानीय मतदाताहरुले बषौंदेखि एउटै पार्टीलाई मत दिँदा पनि स्थानीय बिकास निर्माणका समस्या जहाँको त्यही भएको भन्दै यसपटक परिवर्तनको पक्षमा रहेकाले पुरीसहित गठबन्धनका उम्मेद्वारलाई बिजयी गराईछाड्ने विश्वास दिलाएका थिए ।