माखिमलाई ‘पकिरामञ्च’द्धारा कारवाही

दमक,३० कार्तिक । पल्लो किरात लिम्बूवान राष्ट्रिय मञ्चले आफना केन्द्रीय उपाध्यक्ष राजेन्द्र बहादुर माखिमलाई पार्टी अनुशासन विपरीत गतिविधिमा संलग्न भएको भन्दै पार्टी संगठनबाट निष्कासन गरेको छ ।
मञ्चका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद योङयाले आज प्रेस विज्ञप्ति निकालेर उपाध्यक्ष माखिमलाई साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्कासन गरेका हुन् । मञ्चले मंसिर ४ गतेको आमनिर्वाचन शान्तिपूर्ण बहिष्कार गरेकोमा उपाध्यक्षको जिम्मेवारी सम्हालेका माखिमले निर्वाचनमा उम्मेदवारी दिएपछि उनलाई कारवाही गरिएको विज्ञप्तिमा उल्लेख छ ।
माखिम इलाम क्षेत्र न. २ प्रदेशसभा ( २ ) मा नेपाल मजदुर किसान पार्टीबाट समानुपातिक उम्मेदवार भएका छन् । मञ्चको कार्तिक २३ गते सम्पन्न केन्द्रीय समितिको बैठकले माखिमले पार्टी अनुशासन उलङघन गरि पार्टीको गरिमा माथि नै असर पुरयाँएकाले कारवाही गरिएको अध्यक्ष योङयाद्धारा विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published.