
इटहरी,२९ कार्तिक । सुनसरीको गढी गाउँपालिका वडा न. ६ मा रहेको कोशी इट्टा उद्योगमा पानी जमेको खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएको छ ।
उक्त इट्टा भट्टाका कामदार भारतिय नागरिक सरोद बरमडका ४ बर्षीय छोरा दिपु बरमड र मिथु बरमडका ४ बर्षीय छोरा पियाउ बरमडको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हो ।
खेल्दै गरेका बालक अचानक पानी जमेको खाल्डोमा डुबेको अबस्थामा उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल इनरुवा लगिएकोमा बाटैमा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।