कमल,३०कार्तिक । नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाको आयोजना र ईस्टन राईडर्स नेपालको सहआयोजनामा मंगलवारेमा शुक्रवार आयोजित रक्तदानमा २२ पिन्ट रगत संकलन भएको छ ।
जाडोयामका समयमा रगतको अभाव हुन नदिन रेडक्रससहित ईस्टन राईडर्सले आयोजना गरेको रक्तदानमा आयोजकद्धय संस्थाका प्रतिनिधिहरु गरि २२ जनाले रगतदान गरेका छन् । रेडक्रस उपशाखा सचिव पारषमणि राई, दिनेश दाहाल,,विजय लिम्बू लगायतले रगतदान गरेका थिए । कमल- ५ मंगलवारेमा भएको रक्तदान रेडक्रस दमक उपशाखाको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोग रहेको थियो । रक्तदानमा रेडक्रस कमल उपशाखाका सभापति चन्द्र शाह र रक्तसञ्चार सेवा केन्द्रका प्रवद्र्धक सिद्धार्थ दाहाल, रेडक्रसका कोषाध्यक्ष प्रमोद दाहाल ,रेडक्रस सदस्यहरु , ईस्टन राईडर्सका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
रेडक्रसले सामाजिक कार्य अन्तर्गत बर्षेनी खुल्ला रक्तदान कार्यक्रम सञ्चालन गरिआएको छ ।