चुम्लुङ दमक ८ वडाको नयाँ नेतृत्व,अध्यक्षमा तुम्बापो

दमक,३० कार्तिक । दमक -८ स्थित किरात याक्थुङ्ग चुम्लुङ वडा समितिको नयाँ नेतृत्व चयन भएको छ । शुक्रवार सम्पन्न दोश्रो वडा अधिबेशनले टिकाराम तुम्बापोको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
चुम्लुङ दमक अध्यक्ष देवेन्द्र चेम्जोङको प्रमुख आतिथ्यतामा भएको अधिबेशनबाट सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा खनीमया शेर्मा, उपाध्यक्षमा भिम थेवे, सचिवमा बमबहादुर थाम्सुहाङ ,सहसचिवमा मनु शेर्मा र कोषध्यक्षमा हरिमाया कन्दङवा चुनिएका छन् ।
यसैगरि, सदस्यहरुमा नन्द पन्दाक,राजकुमार शेर्मा,दिलु तुम्रोक,सुनिता कन्दङवा,बसन्ता लावती,हिमराज चेम्जोङ चुनिएका छन् । निर्वाचित समितिलाई चुम्लुङ प्रदेश समितिका सदस्य कविन्द्र शेर्माले सपथग्रहण गराएका थिए । चुम्लुङ वडा अध्यक्ष चन्द्रबहादुर कन्दङवाको अध्यक्षतामा भएको सो अधिबेशनले संस्थाले प्रस्तुत गरेको आर्थिक तथा बार्षिक प्रतिवेदन पारित समेत गरेको थियो । वडा नेतृत्व चयन गर्न चुम्लुङका पूर्व केन्द्रीय उपाध्यक्ष धिरेन लावतीको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.