-डा.लेखनाथ न्यौपाने
एकजना विश्वप्रसिद्ध फेसन डिजाइनरले भनेकी छन् “मेरा आप्mनै कयौं महङ्गा कार छन् । सुविधा सम्पन्न महल छन् । लगाउनलाई एक से एक कपडा र सुट छन् । साथीभाई मान सम्मान प्रसस्त पाएकी छु । तर, आज म अस्पतालले दिएको एउटा गाउनमा लाज छोपेर बसेकी छु । चिकित्सकको निगरानीमा छु । मेरो कुनै इच्छा र सम्पत्तीले काम गरेको छैन् । जाउली भात खान पाएकी छु अनि अस्पतालको एउटा बेडमा जीवनका बाँकी दिनहरु गनीरहेकी छु ।” यो एउटा भोगाई हो जो हरेक मानिसले जीवनको कुनै न कुनै समयमा भोग्नै पर्छ यदि यस्ता दिनहरु नभोगी पूर्ण जीवन जिउन सक्छ भने उ वास्तवमै भाग्यमानी र सन्तुष्ट मानिस हो ।
काठमाडौंको महाराजगंजस्थित टिचिङ अस्पतालको परिसरमा पुग्दा विरामी र आफन्त अनि कुरुवाको मेला जस्तै लागेको देखिन्थ्यो । औषधि पसलमा उस्तै लामो लाइन देखिन्थ्यो । एक से एक धनी, मानसम्मान पाएका अनि राजनीतिक उचाई पाएका मानिसहरु पनि त्यतै देखिन्थे । कोही आफन्तसँग भलाकुसारी गर्दै त कोही शुभचिन्तकको सहानुभुति पाउँदै थिए । आफु पनि एउटा सानो शल्यक्रिया गर्नुपर्ने समस्या लिएर पुगेको थिएँ । शल्यचिकित्सक भेटने पालो पर्खाइमा थिएँ । त्यत्रो ठूलो अस्पताल भित्र र बाहिर परिसरमा रोगी मानिसहरुको भिडले आफुलाई अनेक कुरा सोच्न बाध्य बनायो । घरि मानिसका सम्पत्ती, घर, गाडीका रवाफ सम्झिन्थे त घरि राजनीतिक तिकडम गरेर कुर्सीमा पुगेका नेता वर्ग सम्झिन्थेँ । घरि अरुको सम्पत्ती हडपेर घरबार विहिन बनाउने सामन्तहरु सम्झिन्थे । घरि निहत्था मानिसलाई अपहरण गरेर सम्पत्ती लुटेर बेपत्ता बनाउनेहरुको अनुहार सम्झिन्थे अनि त्यतै भीडमा नियाल्थेँ । मनमनै भन्थे जति नै मनासम्मान र सम्पत्ति जम्मा गरे पनि आखिर अस्पतालले दिएको लाज छोप्ने एउटा गाउन सत्य रहेछ । अनि जीवनको अन्त्यमा कात्रोमा बेरिनु र खरानी हुनु सास्वत सत्य रहेछ ।
………………………………………………………………………………………..
शल्यक्रिया गर्नु पूर्व गरिने जाँच र औषधि सेवन आदि चिकित्सकको निगरानी हुँदै थिए । म पहिलेदेखि नै उच्च रक्तचापको औषधि सेवन गरिरहेको थिएँ । मनमा हुने डरले रक्तचाप अझ वढन सक्छ भन्ने कुरा सुने अनुसारकै मेरो रक्तचापले सिमा नाघ्न थाल्यो । सधै झै औष्धि सेवन गरेँ । त्यस रात मनमा अनेक उराल आए । मन बरालियो । तर्क वितर्क आए । शल्यक्रिया आफैले गराउदा कस्तो अनुभव हुँने रहेछ सो को कौतुहलता थियो । अरुलाई भन्न र गर्न सहज भए पनि आफु नै परेपछि मात्र चेत खुल्छ भने उखान सत्य छ । पूर्ण बेहोस बनाएर गरिने यो सल्यक्रिया कस्तो होला भन्ने कौतुहलताले राती खासै निदाउन सकिन । अस्पतालको बसाई । त्यसमा पनि ढेङ्गुको तीब्र प्रकोप । लामखुट्टेले बाजा बजाइरहने । धन्न क्याविन पाइएको थियो र गुडनाइट जलाएर बस्यौं । बेलुकाको खानापश्चात केहि पनि खान नहुने थियो । विहान मेरो रक्तचाप नापियो । निक्कै उच्च देखिएकाले मैले पुनः थोरै पानीमा औषधि सेवन गरेँ । अब केहि पनि नखाई अस्पतालले दिएको गाउन लगाएर बस्न लगाइयो ।
…………………………………………………………………………………………………………………………………………..
आप्mनो पालो आउने बेलासम्ममा मैले आसपास बसेका धेरैको पीडा महसुस गर्दै थिएँ । कोही महिनौं देखि अस्पतालको सैंयामा भएको सुनाउदै थिए भने कोही घरखेत सबै उपचारमै सकिएको कुरा सुनाउदै थिए । धेरै गुनासो आप्mना सन्तान विदेशमा भएका कारण एक्लो भइयो भन्ने थियो । सबैका भिन्न पीडा थिए । भिन्न पारिवारिक व्याथा आपसमा सुनाउँदै थिए । यही वीचमा मेरो नाम पुकारियो । म भित्र पसेँ । श्रीमती पनि नर्स भएकीले धेरै कुरा उनैले सुनाइन । मेरो जाँच गरियो । शल्यचिकित्सकले हर्निया भएको र चाडो सल्यक्रिया गर्नु राम्रो भन्ने सल्लाह पाएयो । उनकै सल्लाहमा नेपालकै पहिलो महिला शल्यचिकित्सक प्वाँलेख कहाँ पुगियो । पुरानो चिनजान भएका कारण उनले कात्तिक ३ गते शल्यक्रिया गर्न सकिने समय पाएपछि हामी घर फर्कियौं । यो कुरा थियो असौंज २४ गतेको । समय केहि लामो भएकाले भोली पल्ट म दमक आएँ र पुनः २९ गते साझ काठमाडौं फर्किएँ । ३० गते शल्यक्रियाका लागि स्वास्थ्य परीक्षण गराउनु पर्ने थियो । हामी समयमै अस्पताल पुगेर आप्mनो काममा लाग्यौं । लामो लाइनमा बसेर रसिद काटेर पुगियो रक्त परीक्षणको लागि रगत दिने ठाउँमा । त्यसपछि छातिको एक्स रे अनि इसिजी गराइयो । भोलिपल्ट पेटको भिडियो एक्सरे गर्दा अर्को स्थानमा पनि हर्निया देखियो । पुनः शल्यचिकित्सकलाई भेटेर नयाँ रिर्पोट देखाएसँगै दुबै ठाउँको शल्यक्रिया एकै पटक हुने भयो । हामी ढुक्क भएर घर फर्कियौं ।
काक्तिक ३ गते हुँने शल्यक्रियाका लागि २ गते नै अस्पताल भर्ना हुनुपर्ने थियो । हामी सोही अनुसार घरमा व्यवस्था मिलाएर दाजु डा .केशवपंसाद न्यौपाने, श्रीमती र म बोरिया विस्तरा सहित अस्पताल पुग्यौं । लामो भिडलाई छिचोल्दै हामी शल्यक्रिया हुने तलामा पुग्यो । निक्कै लामो पर्खाई र कुदाकुदा पश्चात हामीले बेड पायौं । आप्mना सामान राखेर केहिबेर आराम गरेपछि हामीलाई औषधि र शल्यक्रियामा चाहिने सामग्रीको लिष्ट थमाइयो । साझ हामीले खाना त्यहीको मेसमा खायौं र औषधिलगायतका सामग्रीको खोजीमा लाग्यौं । सबै सामान तयार पार्दा बेलुका ९ बजिसकेको थियो ।
शल्यक्रिया गर्नु पूर्व गरिने जाँच र औषधि सेवन आदि चिकित्सकको निगरानी हुँदै थिए । म पहिलेदेखि नै उच्च रक्तचापको औषधि सेवन गरिरहेको थिएँ । मनमा हुने डरले रक्तचाप अझ वढन सक्छ भन्ने कुरा सुने अनुसारकै मेरो रक्तचापले सिमा नाघ्न थाल्यो । सधै झै औष्धि सेवन गरेँ । त्यस रात मनमा अनेक उराल आए । मन बरालियो । तर्क वितर्क आए । शल्यक्रिया आफैले गराउदा कस्तो अनुभव हुँने रहेछ सो को कौतुहलता थियो । अरुलाई भन्न र गर्न सहज भए पनि आफु नै परेपछि मात्र चेत खुल्छ भने उखान सत्य छ । पूर्ण बेहोस बनाएर गरिने यो सल्यक्रिया कस्तो होला भन्ने कौतुहलताले राती खासै निदाउन सकिन । अस्पतालको बसाई । त्यसमा पनि ढेङ्गुको तीब्र प्रकोप । लामखुट्टेले बाजा बजाइरहने । धन्न क्याविन पाइएको थियो र गुडनाइट जलाएर बस्यौं । बेलुकाको खानापश्चात केहि पनि खान नहुने थियो । विहान मेरो रक्तचाप नापियो । निक्कै उच्च देखिएकाले मैले पुनः थोरै पानीमा औषधि सेवन गरेँ । अब केहि पनि नखाई अस्पतालले दिएको गाउन लगाएर बस्न लगाइयो ।
समय ढिलोगरि अगाडी वढदै थियो । तर आफुलाई भने चाडो विते हुन्थ्यो भन्ने थियो । दिउसो २ बजे मेरो पालो आउने जानकारी पाएको थिएँ । रक्तचाप तल झर्न मानेकै थिएन । नियन्त्रणमा राख्न श्रीमतिले विभिन्न रिल्याक्सेसनका योगहरु गराउदै थिइन । म चुपचाप तसो तसो गरिरहेको थिएँ । यो कार्यमा आनन्द पनि महशुस भएको थियो । मनमा डर पनि थियो कतै रक्तचापका कारण शल्यक्रिया स्थगित नहोस । एक प्रकारले उत्सुक्ता पनि थपिदै थियो कि अफु कसरी पूर्ण अचेत अवस्थामा पुगिन्छ र कसरी होसमा आइन्छ । मेरो शरीरमा सल्यक्रिया हुँदै छ । आधुनिक औजारले नै सहि तर उही दुलो पार्ने, काटने र सिलाउने नै त हो । यो सबै अनुभव केहि घण्टापछि लिन पाइने थियो । आखिर जीवन भनेको भोगाई पनि त हो । अनुभव पनि त हो । पिडा बोध पनि त हो । दुःख सुख बोध पनि त हो भन्न्ने कुरा खेल्दै थिए । मनमा एकजना नर्तकले भनेको मनछुने कुराको सम्झना आयो । उनले राजा महाराजाका वीचमा नृत्य लम्बिदै जाँदा भनेकी थिइन “धेरै समय त विति सक्यो अब अरु थोरै समय पनि वितेर जाने छ, अथवा यो समय पनि वितेर जाने नै छ ।” म उही कुरा मनमा ल्याएर आखिर एकछिन त हो, शल्यक्रिया सकिएपछि त फेरि पहिले जस्तै सामान्य अवस्थामा आइन्छ, किन डराउनु, किन आत्तिनु । ति चिकित्सक पनि त म जस्तै चिकित्सक हुन् । मैले विरामीको हरेक क्षणमा ख्याल गरे झै उनीहरुले पनि त ख्याल राख्ने छन् । उनीहरु कसाई त होइनन । मानिसलाई बेहोस पारेर उपचारै त गर्ने हुन् । मनमा यस्तै सकारात्मक कुराहरुलाई भर्दै लगेँ । विस्तारै रक्तचाप तल झर्दै गएको आभाष हुँदै थियो । मेरी उनी पनि विस्तारै ढुक्क देखिन्थिन् । अब सल्यक्रिया स्थगित हुँदैन भन्ने कुरामा ढुक्क थियौं । आप्mनो मान्छेलाई यसरी तन मनले सेवा गरिरहेको म धेरै वर्षदेखि देखिरहेको छु । बेडमा ढल्किरहेको म एसो मुन्टो घुमाएर उनीलाई हेर्थे उनको लगाव र मायाप्रति गौरवान्वित मशशुस गर्थे । आखिर रथाका दुइपाङ्ग्रा यही त रहेछ भनेर खुसी थिएँ । आफुले पनि परिआएमा यस्तै सेवा उनको गर्न सकौं ।
सानैदेखि अलिक कमजोर स्वास्थ्य अवस्थामा हुर्किएको आफु त्यसमा पनि अध्यायन र शिक्षण पेशामा लामो समय बाहिर बसियो । आप्mनो शरीर अनुसारको खाना नमिलेका कारण अरु कमजोर अवस्थाको सामना गर्दा गर्दै कहिले कमलपित्त कहिले क्षयरोग कहिले कोरोना त कहिले मुटुको समस्या हुँदै यो शल्यक्रियासम्म आइपुग्दा आमाबुबा दाजुभाउजु श्रीमति अनि आफन्तको सेवा र सर्मपर्णप्रति म ऋणी रहेको महशुस गर्दै थिएँ ।
खान केहि नपाएपछि भोक त थियो नै तर कता कता भोक भन्दा पनि डरले भने पूर्ण रुपमा छोडेको थिएन । काठमाडौंमा हुनु हुने र थाहा पाउनुहुने शुभचिन्तक भेटन आउने क्रम चल्दै थियो । दमक घरबाट फोन आउँदै थियो । चिनजानका नर्स र मेरी उनीका साथीहरु प्नि आएर यो सामान्य कुरा हो भन्दै मलाई हौसला दिदै थिए, सुभेच्छा पाउँदै थिएँ । दाजु केशव न्यौपाने पनि हौसला दिदै छेउमै बस्नु भएको थियो । आफु एक किसिमले उत्सुक र तयार नै थिएँ । मात्र त्यो समयको प्रतिक्षा थियो । नभन्दै २ बज्न केहि समय पहिले मलाई एउटा स्ट्रेचरमा राखेर शल्यक्रिया कक्ष तर्फ लैजाने संकेत गरियो । एउटा पातलो गाउनमा मेरो लाज ढाकिएको थियो । शल्यक्रिया हुने स्थान वरपरका रौ घरैबाट हटाएर गइएका कारण मलाई त्यहाँ त्यो कार्यमा सामिल हुनुपर्ने थिएन । आफु सहजै र सकुसल फर्कन सकुँ भनि भगवानलाई सम्झिएँ र गाउन मिलाउदै स्ट्रेचरमा ढल्किएँ । श्रीमति र दाजुलाई आस्वस्त पार्दै सल्यक्रिया सफल हुन्छ भनेर लैजान अनुमति दिएँ । निक्कै पर रहेको सल्यक्रिया थिएटर छेउमा रहेको रिकोभरी कक्षमा लगियो । त्यहाँ रक्तचाप, मुटुको गति हेरियो । पहिलेको भन्दा रक्तचाप कमै देखिएपछि सल्यक्रियापूर्व गर्ने तयारी गरेर थिएटरमा लैजाने बेलासम्म श्रीमति साथमै थिइन । बाटामा हामीछौं केहि हुन्न भन्दै लग्ने चिकित्सकले थिएटरको बेडमा सारेर विस्तारै बेहोस बनाउने कार्य सुरु गरेको र धमिलो हुन्छ है भनेको थाहा छ । त्यसपछि मेरो शरीरमा सल्यक्रिया गरिएका प्रमाण पछि होसमा आएपछि देखियो । २ घण्टको मेरो सल्यक्रियामा समस्याहरु सामाधान गरिएको कुरा चिकित्सकले बताउदै रिकोभरी रुममा मेरा आफन्तसँग भनेको सपना जस्तो लाग्छ । अरु थिएटरमा भएका र गरिएका सल्यिmया मेरो स्मृतिमा छैन । म विस्तारै पूर्ण होसमा आएँ र क्याविनमा सारियो ।
शरीर विस्तारै पूर्ववत अवस्थामा आउँदै थियो । म सबै कुरा थाहा पाउन थालेको थिएँ । मात्र शरीर चल्न सकेको थिएन । मुख अत्यन्तै सुकेको थियो । स्लाइन पानीले शरीरमा ताकत दिए पनि पेटमा भने भोकको अनुभव हुन थालेको थियो । शरीर उत्तानो थियो । क्याथेटरले पिसाव बाहिर प्mयाक्दै गरे पनि यसको असैय पिडा थियो । पेटका विभिन्न ठाउँमा पारिएका चोट र टाका लगाइएका कारण म मुन्टो र हात खुट्टमात्र हल्लाउन सक्थेँ । बाँकी शरीर मुडो जस्तै थियो । कोल्टे फेर्न नसक्ने अवस्थामा भएका कारण कम्मर बेसरी दुखेको थियो । मरेतुल्य भएर सुत्नु बाहेक केहि उपाय थिएन । श्रीमति साथमै थिइन । उनले आप्mनो सल्यक्रियाको अनुभव सुनाउदा आफुलाई हौसला मिलेको थियो । र पनि भोग्नेले नै थाहा पाउने भनाई आफैमा लागु थियो । बल्ल रातको दश बजेपछि कालो चिया पिउन दिन सकिने संकेत आयो । हामीले घरबाटै चिया पत्ती र थर्मस लगेका कारण त्यही चिया तयार भयो । चिया पिउने बेलासम्ममा पेट पनि कराएर सकारात्मक सन्देश दिन थालेको थियो । कालो चिया विस्तारै चम्चाले पिएको एक घण्टा पश्चात थोरै सुप त्यसरी नै पिएर निदाउने प्रयासमा लागेँ । श्रीमतिलाई पनि ढल्किन सुझाएँ । र्नर्सले आवश्यक औषधि दिदै थिए । रक्तचाप सामान्य थियो, सायद मनले डर निलिसकेको भएर होला । निद्रा त लागेन तर पनि आँखा चिम्लिएर प्रयास जारी राखेँ । केहि बेर आँखा लोलाएको महशुस भयो । त्यसमा पनि सपना अनि दुखाइले उज्यालो बनायो । विहान सबेरै बैनी तुल्जाले जाउलो लिएर पुग्दा मन फुरुङ्ग भयो । हामी मानिस खञ्चुवा प्राणी ! अघिल्लो दिनबाट खान दिइएको थिएन । खाने अनुमती दिइएपछि राहत महशुस भयो । उठेर विस्तारो हिँडन सक्ने भएँ ।
दिउसो अस्पतालले छुट्टी दिने भनेकाले कहिले घर पुगेर दुइ दिनको निद्रा पुरा गर्ने भन्ने ध्याउन्नमा थिएँ । घर जाने दिन भएकाले दुखाई पनि घटेको थियो । शरीरमा उर्जा थपिएको थियो । विहानबाट लाज छोप्ने गाउन नभएर आप्mनै कपडा खुकलो गरि लगाउन पाएको थिएँ । २४ घण्टा गाउनमा बेरिएको शरीरले अब उन्मुक्ति पाएको थियो । उता सल्यक्रियाका लागि विभिन्न पसलबाट मगाइएका महंगा सामान सबै लागेनछन् । अब फिर्ता गर्नु अर्को कसरत थियो । कति त नपाएर अनलाइन्न जस्तै गरेर मगाइएको थियो । दिनभरी उही चक्करमा श्रीमति लागिन । म भने विस्तारै क्याविनमा हिँडेर शरीरलाई सामान्य बनाउँदै थिएँ । पेटका विभिन्न स्थानमा लगाइएका टाकाका कारण कुप्रिएको जीउलाई सिधा पार्ने कोशिसमा थिएँ । पेटबाट बायु नजादा भएको असैय पिडा विस्तारै कम हुँदै गयो । करिव १२ बजेतरि डाक्टरले पिसाव नलिमा लगाइएको क्याथेटर निकाली दिएपछि अरु सहज भयो । म क्याविनमा राम्रेसँग हिँडन सक्ने भएँ । पिसाव पूर्ववत रुपमा हुन थाल्यो । अन्नत अपरान्ह ४ बजे चिकित्सकले घर जान सकिने अनुमति दिएपछि अस्पतालको सबै प्रक्रिया पुरा गरेर हामी घर फर्कियौं ।
घरमा अस्पतालको भन्दा पनि सहज भएका कारण निद्रा पनि लाग्यो । विस्तारै कोल्टे परेर सुत्न सकिने भइयो । स्वस्थकर खाना पाएपछि केहि दिनमा नै म हिडडुल गर्न सक्ने भएँ । नजिकै रहेको दिपावली यस वर्ष परिवारसँगै मनाउने अवसर यही सल्यक्रियाले जुराए पनि वुद्ध बुबाआमाबाट टाढा रहुनु परेकामा मन सन्तुष्ट त थिएन तर यसलाई सामान्य मनोको थिएँ ।
अन्त्यमा, मानिसको जीवन एक नाटकको पात्र जस्तै हो । न जन्म हाम्रो हातमा छ न मृत्यु न विरामी । हामी केवल प्रारव्धलाई स्विकारेर जीवन जिउने मात्र हो । जीवन जीउने क्रममा जे आउँछ त्यसको डटेर सामना गर्नु र आएका दुःख, सुख, असहज, विछोड, रोग आदिको सामना गर्नु नै जीवन भोगाई हो । यो लेख विशेष गरेर रोगबाट पीडित अनि शल्यक्रियाबाट डराउनु हुँने विरामी वर्गमा डर कम गर्न हो । उच्च रक्तचाप या अन्य परीक्षणमा अचानक देखिएका अवरोधले धेरैको शल्यक्रिया रोकिएको देखेका कारण शल्यक्रिया सामान्य प्रक्रिया हो भन्ने विश्वास दिलाउनलाई प्रेरणा मिलोस भन्ने उदेश्य रहेको कुरा राख्न चाहन्छु । साथमा आफुले पाएको यो सुन्दर उपहारलाई खुसीसाथ यापन गर्न र अनावश्यक लोभ अनि घमण्ड नगरी खाली आएको शरीर खाली नै जाने कुराको हमेशा स्मरण राख्न सकियोस् अस्तु । ( लेखक,दमकका होमियो चिकित्सक हुन् । )