साहित्यीक संघसंस्थाहरुद्धारा दमकमा लक्ष्मी जयन्ती मनाईयो

दमक,२८ कार्तिक । अघिल्ला बर्षझै यसवर्ष पनि दमकमा ११५ औ लक्ष्मी जयन्ती विभिन्न कार्यक्रम गरि मनाइएको छ ।दमकमा रहेका साहित्यिक संस्थाहरु साहित्य कला सङ्गम र प्रतिभा निकेतनको सयुक्त संयोजनमा दमक ६ स्थित देवकोटाको शालिकमा माल्यापर्ण गर्नुका साथै उनको जीवनी माथि चर्चा गरिएको थियो ।
कार्यक्रममा साहित्य कला सङ्गमका उपाध्यक्ष बिन्दु दाहाल (मुकदर्शक ) र प्रतिभा निकेतनका अध्यक्ष कमल प्रसाद भट्टराईले संयुक्त रुपमा महाकवि दवकोटाको शालिकमा माल्यार्पण गरेका थिए। कार्यक्रममा साहित्य कला सङ्गमका उपाध्यक्ष यादव प्रसाद अधिकारी, प्रतिभा निकेतनका अध्यक्ष कमल प्रसाद भट्टराई र साहित्यकार धन्नजय बाँस्कोटा ले देवकोटाको बारेमा मन्तव्य व्यक्त गरेका थिए ।उक्त कार्यक्रममा साहित्यकारहरु बिन्दु दाहाल मुकदर्शकले शाकुन्तल महाकाव्यबाट,ओमप्रसाद खनालले वनकुसुम महाकाव्यबाट,हरि पराजुलीले मुना मदनबाट कविताहरु वाचन गरेका थिए ।साथै साहित्यकारहरु मेघनाथ बन्धु,बिरेन्द खडका,लता मिश्र,किराँती राजा,अम्विका प्रसाद सापकोटा लगायतले रचना वाचन गरेका थिए। कार्यक्रममा साहित्यकारहरु नरपति पाण्डे,नारायण शर्मा फुयल,डा. लेखनाथ न्यौपाने,प्रकाश भण्डारी,रधुनाथ भण्डारी,लिलानाथ खनाल,नेत्र दाहाल ,भक्तादेवी दाहाल, कृष्णा तिम्सिना लगायतको उपस्थिति रहेको थियो।सहित्यकला सङ्गमका कोषाध्यक्ष ओमप्रसाद खनालले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published.