दमक ३ मा माओवादी केन्द्रको कमिटी

मक,२८ कार्तिक । नेकपा (माओवादी केन्द्र ) दमक ३ को नयाँ नेतृत्व चयन भएको छ । शनिवार सम्पन्न वडा सम्मेलनले अनिल थापाको अध्यक्षतामा २९ सदस्यीय पार्टीको वडा कमिटी चयन गरेको छ ।
सर्वसम्मत निर्वाचित वडाकमिटीको उपाध्यक्ष क। नन्दिराज धिमाल, सचिवमा गायत्रीदेवी कटवाल, सहसचिवमा शेरबहादुर मगर र कोषाध्यक्षमा मुना पोख्रेल चुनिएका छन् ।
सोहि सम्मेलनले ५ वटा टोल कमिटी पनि सर्वसम्मत चयन गरेको छ । त्यस्तै, यसैगरी वाइसीएलतर्फ इन्चार्जमा सुरेन्द्र रेग्मी, अध्यक्षमा टीकाराम खड्का, उपाध्यक्षमा भक्तबहादुर चौधरी, सचिवमा निर्मल भट्टराईसहित २१ सदस्यीय वडा कमिटी पनि गठन गरिएको पार्टीका नगर सचिव तीर्थराज बस्नेत (शंकर ) ले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.