कोशीमा पनि बन्यो सत्तारुढ गठबन्धनको संयन्त्र

विराटनगर ,२९ कार्तिक । कोशी प्रदेशका दुई पूर्व मुख्यमन्त्रीलाई राखेर कोशी प्रदेश सरकारले सयन्त्र बनाएको छ ।सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउन काँग्रेस र एमालेले दुई दलीय संयन्त्र बनाइएको जनाइएको छ । दुई दलीय संयन्त्रम एमालेका चार तथा काँग्रेसका दुई जना नेता सहभागी छन् । संयन्त्रमा नेकपा एमालेका प्रदेश इन्चार्ज तथा संस्थापक मुख्यमन्त्री शेरधन राई, मुख्यमन्त्री हिक्मत कार्की, नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा रहेका छन् भने काँग्रेसका तर्फबाट पूर्व मुख्यमन्त्री संसदीय दलका नेता तथा कोशी प्रदेश सभापति उद्धव थापा र महामन्त्री समेत रहेका भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई रहेका छन् ।

Leave a Reply

Your email address will not be published.