दमकमा छैठ पूजाका लागि तयारी तीव्र

दमक, २८ कार्तिक । दिपावली पछिको अर्को पर्व छैठ पूजा मनाउनका लागि दमकमा तयारी थालिएको छ ।आउदो मंसिर ३र ४ गते स्थानीय रतुवा खोला घाटमा मनाउने छैठ पूजाका लागि पण्डालसहितको घाट निर्माण कार्य भइरहेको आयोजक मैथिली सेवा समितिले जनाएको छ ।
संस्थाका अध्यक्ष कृष्ण साहका अनुसार अघिल्ला वर्षझै यसवर्ष पनि छैठ पूजाआजा दमक  ७ स्थित रतुवा खोलाको पुलदेखि सोही वडाको उत्तर राधा माधव समिति दमकको मन्दिर अगाडि सम्मको खोला धारमा घाट निर्माण भइरहेको छ ।
यसपटक रतुवा खोला धारमा पण्डाल सहितको करिव ३ सय घाट निर्माण गरिने अध्यक्ष साहले बताए । घाट निर्माणका लागि दमक नगर पालिकाको सहयोगमा जेसीभी लगाएर मर्मत सम्भार गरेको,घाटमा रहेको वाँधमा भक्तजनहरुलाई आवाज जावत गर्न सजिलो होस भनेर नगरपालिकाको सहयोगमा विभिन्न दुरीमा पक्की अस्थायी संरचना निर्माण गरिएको मैथिली सेवा समिति दमकका उपाध्यक्ष राजीव पूर्वेले बताए ।
छठ पर्वमा आउने भक्तजनहरुको सहजतालाई ध्यानमा राखेर एमक दर्जन अस्थायी शौचालय , तीन स्थानमा सुरक्षा विट र घाट क्षेत्रमा विजुली उपलब्ध गराउने व्यवस्था गरिने उनको भनाई छ । गतवर्षको छैठमा त्यहाँ २ सय ६० घाट निर्माण गरिएको थियो । छैठ पूजाका लागि घाट बुकिङ्ग कार्य खुल्ला गरिएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published.