दमक, २८ कार्तिक । नेपाल बिद्यार्थी संघ कमल गाउँ समितिले आयोजना गरेको देउसी भैलोमा नेपाली कांग्रेसका युवा नेता हुकुमसिंह राईले बिद्यार्थीसँगै नाचेर स्वागत गरेका छन् ।सोमबार साँझ देउसीभैलो लिएर कमल -५ स्थित कांग्रेस महासमिति सदस्य नेता राईको घरमा आइपुगेको देउसी टोलीलाई अध्यक्ष राईले नाचेर स्वागत गरेका हुन् ।नेता राई नेपाली जनजिब्रोमा झुण्डिएको मोहनी लाग्ला है……….बोलको गीतमा हौसिँदै नाचेका हुन् । कमल गाउँपालिका अध्यक्ष समेत रहेकाअध्यक्ष राईले आफूलाई धेरै पुरानो र एकताका लोकप्रिय बनेको मोहनी लाग्ला है…..गीतले साँच्चैको मोहनी लगाएकाले नाच्न जाँगर चलेको बताए ।
राई आफैं उठेर नाँच्न थालेपछि देउसीमा सहभागी बिद्यार्थीहरु खुशीले हौसिएका थिए । उनले देउसी खेल्ने परम्पराले नेपाली संस्कृति जगेर्नामा मद्धत पुरयाएको प्रतिक्रिया दिए । नेविसंघ झापा जिल्ला सचिव जितेन साम्पाङ राई, कमल गाउँ समिति अध्यक्ष अनिल सम्बाहाम्फे लगायत एक दर्जन बढी नेविसंघ कार्यकर्ताहरु देउसी टोलीको नेतृत्व गर्दै कमल र दमकका विभिन्न ठाउँमा देउसी भैलोमा सहभागी बनेका छन् । संघको कोष बृद्धि गरी सांगठनिक क्रियाशीलता बढाउन पनि यस किसिमको देउसी भैलोले सहयोग पुरयाउने संघका कमल अध्यक्ष सम्बाहाम्फेले जानकारी दिए । देउसीभैलीको संकलित आम्दानी ,खर्च विवरण नामावलीसहित सार्वजनिक गरिने उनले सुनाए ।