कन्काई,२८ कार्तिक । झापा कनकाई नगरपालिका -९ घैलाडुब्बास्थित सडकखण्डमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।राति ११ बजेतिर उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश २–०३–०१५प ४०७८ नं को मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा मोटरसाइकल चालक कन्काई -९ घैलाडुब्बा बस्ने करिब ४० वर्षीय सञ्जय साहको मृत्युभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।उनलाई उपचारका लागि हस्पिटल पुर्याउनासाथ मृत्यु भएको प्रहरीले जनायो ।