निर्वाचन प्रचार कार्यमा अवरोध पुरयाँएको स्वतन्त्र उम्मेदवारहरुको गुनासो

दमक,२७ कार्तिक । झापा ,क्षेत्र नम्बर ५ का स्वतन्त्र उम्मेदवारहरुले आफनो निर्वाचन प्रचार कार्यमा प्रशासनले अवरोध पुरयाँएको भन्दै गुनासो गरेका छन् ।प्रचारप्रसारका क्रममा नियमानुसार प्रचारका गाडी र वाजा नियन्त्रणमा लिएर दुख दिने काम गरेको उनीहरुको गुनासो छ ।
दमकको सक्रिय पत्रकार सञ्जालको कार्यालयमा आज पत्रकार सम्मेलन गरि  देशभक्त नागरिक समाज नेपालका तर्फबाट स्वतन्त्र उम्मेदवार बनेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र बानियाँ र अर्का स्वतन्त्र उम्मेदवार रेवतीमण खनालले निर्वाचन अभियानमा प्रशासनले अवरोध पुरयाँएको भन्दै आपत्ति जनाए ।
ठुला पार्टीका उम्मेदवारको प्रचार शैलीमा निर्वाचन आयोग र प्रशासन मौन रहने तर स्वतन्त्र उम्मेदवारको प्रचार कार्यमा अवरोध कार्य ठिक नभएको उम्मेदवार बाँनियाले आरोप लगाए ।
उम्मेदवार बानियाँले यही कार्तिक २३ गते मत माग्नका लागि प्रयोग गरिएको को. १ झ १५३५ नम्वरको मारुती भ्यान इलाका प्रहरी कार्यालय दमकका प्रहरीहरुले नियन्त्रणमा लिइ यस्तो हर्कत गरेको बताए । उनले प्रचारमा हिडेको साना भाडाका गाडी र वजाईने साधारण किसिमका बाजाका समान माथिको आदेश भन्दै प्रहरीले नियन्त्रणमा लिदैआएकोमा आपत्ति जनाउदै आचारसंहिता विपरीत आफूहरुको निर्वाचन प्रचार कार्य नभएको जिकीर गरे ।
पत्रकार सम्मेलनमा उम्मेदवार खनालले पनि निर्वाचन प्रचार कार्यमा प्रशासनको धरकपड कार्य प्रति आपत्ति जनाउर्दै निर्वाध रुपमा प्रचार गर्ने वातावरण निर्माण गर्नु पर्ने औल्याए । निर्वाचनमा मतदाताहरुका बीच जाने कार्य निष्पक्ष, स्वतन्त्र र भयरहित तवरबाट हुनुपर्ने र निर्वाचनलाई स्वच्छ र पारदर्शी तथा प्रभावकारी ढंगबाट सफलतापूर्वक सम्पन्न गर्ने दायित्व सबैको भएको र त्यसबाट आफूहरु विमुख नहुने प्रतिनिधि सभाका उम्मेदवार खनालले प्रष्ट पारे ।
पत्रकार सम्मेलनमा बाँनियालाई समर्थन गरेर प्रचार कार्यमा संलग्न राप्रपा नेपाल (पृथ्वीपथ ) का अध्यक्ष घनश्याम भण्डारीले निर्वाचन आचारसंहिता र सो को पालना भए नभएको भन्ने व्यवहार सबैका लागि समान हुनुपर्ने पनि औल्याए ।
यता प्रचार प्रसारमा प्रयोग गरिएको गाडी नियन्त्रणमा लिइएको बारे बुझ्दा इलाका प्रहरी कार्यालय दमकका प्रमुख तथा प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले उम्मेदवार बानियाँले आचारसंहिता विपरीत सवारी साधन प्रयोग गरेकाले नियन्त्रणमा लिएर सम्झाई बुझाई गरेर छोडिएको प्रष्ट पारे ।

Leave a Reply

Your email address will not be published.