सुन्दरहरैचामा कारको ठक्करबाट एकको मृत्यु

बेलवारी ,२७ कार्तिक । कारको ठक्करबाट मोरङ्गको सुन्दरहरैचामा एक जना युवकको ज्यान गएको छ । कारले ठक्कर दिँदा केराबारी गाउँपालिका ७ का ४२ वर्षीय उत्तम कुमार मगरको मृत्यु भएको हो ।
प्रहरीका अनुसार शनिबार राती ९ बजे सुन्दरहरैचा वडा नं ७ स्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को ३१ प ७२६६ न.को मोटरसाइकलमा सवार मगरलाई विपरित दिशा तर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट विआर २२०२को कारले ठक्कर दिएको थियो।
कारको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि सामुदायिक अस्पताल ईटहरी पठाईएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । कार र चालक प्रहरी नियन्त्रणमा छन् । सवारी साधन तीव्र गतिमा गुडाएका कारणले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Leave a Reply

Your email address will not be published.