गगन पुरी – झापाली राजनीतिक बृतमा परिचित नाम हो । नेकपा माओवादी केन्द्रका एक नम्बर प्रदेश कमिटीका कोषाध्यक्ष समेत रहेका पुरी आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रदेशसभातर्फ झापा क्षेत्र नं. -५ (ख) का उम्मेदवार हुन् ।
विकासप्रेमी नेताको रुपमा चिनिएका युवा उम्मेदवार पुरी यस क्षेत्रका जनताले परिवर्तन चाहेकाले आफनो मात्र होइन गठबन्धनको जित हुने दावी गर्छन् ।
प्रस्तुत छ : चुनावी अभियानमा व्यस्त उम्मेदवार पुरीसँग चुनावी गतिविधिमा आधारित रहेर गरिएको कुराकानीको सम्पादित अंश –
तपाईंको उम्मेदवारी किन ?
यस क्षेत्रको विकास, सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माणका निम्ति यस क्षेत्रको प्रदेश सभामा मेरो उम्मेदवारी हो । म सवैको साँझा उम्मेदवार हुँ । दलीय रुपमा बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार भएपनि म यस प्रदेशसभा ( २ ) बासीको हित चाहने , बिकास र समृद्धि चाहने , परिर्वतन चाहने सवै पक्षको साँझा प्रतिनिधिका रुपमा चुनावी मैदानमा छु । संक्षेपमा भन्ने हो भने मेरो उम्मेदवारी यस क्षेत्रमा काम गर्न श्रमिकका रुपमा आफूलाई प्रस्तुत गरेको छु ।
चुनावी अभियान कसरी अघि बढिरहेको छ ?
-निर्वाचन क्षेत्रभित्रका टोलटोलसम्म गएर जनताका कुरा सुन्ने र आफ्ना प्रतिवद्धता जनताका माझ राख्ने काम भइरहेको छ । निर्वाचन परिचालन समितिको योजना अनुसार हामी भोट माग्दै जनताका माझ पुगिरहेका छौं । जनतामा पनि उत्साह देखिएको छ । यसले गर्दा हामी मंसिर ४ मा जितको नजिक छौं ।
————————————————————
हामीले भर्खरै यस क्षेत्रको शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर ४० वुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरिसकेका छौं । जनतालाई गुणस्तर शिक्षा र सुलभ स्वास्थ्य नभएसम्म भौतिक संरचनाको विकासले मात्रै जनजीवन सहज हुदोरहेनछ । त्यसैले यस क्षेत्रमा रहेका सामुदायिक बिद्यालयहरुको गुणस्तर सुधारका साथै यसै क्षेत्रमा मेडिकल कलेज सञ्चालन गर्ने योजना छन् । त्यसैगरी कृषिलाई आधुनिकिकरण गर्दै कृषकले उत्पादन गरेका उपजको बजारीकरण गर्ने योजना नै हाम्रा चुनावी नारा र प्रतिवद्धता हुन् । धेरै योजनाहरु छन्, हामी इमान्दारिताका साथ काम गरेर साच्चिनै परिवर्तनको अनुभूति दिने छौं ।
………………………………………………………………………………………………………………..
जनताको बीचमा तपाई विकासप्रेमी नेता हो भनेर पुष्टी गर्ने आधार के छन् ?
-लामो समयदेखि अघि बढ्न नसकेको यस क्षेत्रको विकासका योजनाहरु मध्ये दमक – चिसापानी – रवि ( फाल्गुनन्द ) सडक मेरै पहलमा निर्माण सम्पन्न हुँदै गरेको कुरा जनतालाई राम्ररी थाहा छ । दमक क्षेत्रमा पुल पुलेसा, बाटाजस्ता करोडौंका योजना ल्याउने कुरामा जनताले प्रत्यक्ष रुपमा म गाँसिएको देखेका छन् । त्यसैले पनि यस क्षेत्रका आम दाजुभाईदिदी बहिनीहरुले पक्कै पनि विकास र समृद्धिको लक्ष्यलाई पूरा गर्न मलाई जिताउने छन् भन्ने विश्वास लागेको छ ।
आदिवासी जनजातिको पनि उल्लेखीय सहयोग पाउदै हुने छ रे नी ? तपाईलाई किन भोट दिने नी ?
-आदिवासी जनजातिले मात्र होइन , गठबन्धन बाहिर दल तथा स्वतन्त्र विचार राख्ने सवै मतदाताले मलाई सहयोग गर्नुहुने छ । म सवैको साँझा उम्मेदवार भएकाले पनि मलाई भोट नहाल्ने भन्ने कुरै हुदैन् ।यस क्षेत्रको विकासका मुद्या मात्र होइन, आदिवासी जनजातिको अधिकारलाई शसक्त रुपमा लैजाने छन् भन्ने आम विश्वास रहिआएको छ । मैले हिजो समाजमा गरिआएको सेवाबाट पनि जनताले मेरो उम्मेदवारी प्रति उत्साहका साथ सहयोग गरिआएका छन् ।
हेर्नुस, आदिवासी जनजातिको अधिकार तथा पहिचानका मुद्या अझैसम्म सम्बोधन हुन सकेको छैन् । एमालेबाट यो सम्भव छैन् भन्ने कुरा विगतबाट पुष्टी भइसकेको छ, आदिवासी रंगशालाको विषय होस् या फाल्गुनन्द सभागृहदेखि भाषा धर्म र संस्कृतिका लागि आदिवासी जनजातिको पक्षमा लड्ने हामीमात्रै हौं भन्नेकुरा जनताले राम्ररी बुझेका छन् । त्यसैले पनि यो निर्वाचनमा यस क्षेत्रबासीको हामीलाई पूर्ण सहयोग प्राप्त हुनेमा विश्वस्त पनि छौं ।
यस क्षेत्रको विकास योजनाहरु के के छन् ?
-दमक आसपासको खोलाको सौन्दर्यकरण गर्न, दमक आसपासका खोलाहरुलाई ब्यवस्थित गरेर पर्यटकीय स्थलको रुपमा विकास गर्न, खोला ब्यवस्थापन तथा सौन्दर्यकरण अभियान शुरु भइसकेको छ । यसको थप योजना ल्याएर दमकलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न सकिने प्रशस्त संभावना छ । आकर्षक पर्यटकीय क्षेत्र दमकबाट माङ्सेबुङसम्म केवलकार बनाउनु पर्छ भनेर धेरैपटक कुरा पनि उठेको छ, त्यसलाई पुँजीपति तथा विदेशी दातृ संस्थाबाट नभए सरकारको सहयोगबाट पनि गर्न सकिने योजना छन् । यसवाहेक अन्य धेरै बिकास निर्माणसंगै मुख्यतय शिक्षा, स्वास्थ्य, रोजगारका योजनाहरुलाई शसक्त रुपमा पूरा गर्ने जस्ता हामीले हाम्रा प्रतिवद्धताहरु सार्वजनिक गरिसकेका छौं । हामी जे बोल्छौ, गरेर देखाउछौं । तसर्थ पनि जनताको व्यापाक माया, सद्भाव र आर्शिवादले भोलिका दिनमा काम गर्ने प्रेरणा मिलेको छ ।
———————————————————————————–
भूमिहीनहरुलाई सुतिरहेका ठाउँबाट कुटेर लखेट्ने, घरमा डोजर लगाउने, आदिवासीको नामै सुन्न नचाहनेहरु अहिले सुकुम्बासीलाई र आदिबासीलाई अधिकार दिन्छौं भन्दै आएको तर उनीहरुलाई जनताले चिनिसकेका छन् । यस क्षेत्रका जनता परिवर्तनको पक्षमा , स्थिरता,विकास र समृद्धिको पक्षमा रहेकाले पनि मंसिर ४ गते पक्र्कै पनि निर्धक्कका साथ बाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई आफनो अमूल्य मत दिएर विजयी गराउनुहुने छ भन्नेमा ढुक्क छौं । तपाईहरुले गर्नुभएको विश्वास कदापि खेर जाने दिने छैनौं ।
———————————————————————————————–
तपाईको मुख्य चुनावी नाराहरु चाहिँ के के हुन् ?
-हामीले भर्खरै यस क्षेत्रको शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर ४० वुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरिसकेका छौं । जनतालाई गुणस्तर शिक्षा र सुलभ स्वास्थ्य नभएसम्म भौतिक संरचनाको विकासले मात्रै जनजीवन सहज हुदोरहेनछ । त्यसैले यस क्षेत्रमा रहेका सामुदायिक बिद्यालयहरुको गुणस्तर सुधारका साथै यसै क्षेत्रमा मेडिकल कलेज सञ्चालन गर्ने योजना छन् । त्यसैगरी कृषिलाई आधुनिकिकरण गर्दै कृषकले उत्पादन गरेका उपजको बजारीकरण गर्ने योजना नै हाम्रा चुनावी नारा र प्रतिवद्धता हुन् । धेरै योजनाहरु छन्, हामी इमान्दारिताका साथ काम गरेर साच्चिनै परिवर्तनको अनुभूति दिने छौं ।
यस क्षेत्रका अन्य समस्या मध्ये भूमिहिनको समस्या पनि एक मुख्य समस्या रहिआएको छ । यो समस्यालाई कसरी हेर्नुभएको छ ?
अन्य समस्याहरु मध्ये जल्दोबल्दोका रुपमा यहाँ भूमिको समस्या बर्षोदेखि चुनौतीका रुपमा देखिएको छ । चुनावको मुखमा मात्र मिठो कुरा गर्नका लागि मात्र भूमिको मुद्धा उठाएको छैनौं ।
जहाँसम्म वर्तमान गठबन्धनको सरकारले भूमि समस्या समाधान गर्न छुटटै आयोग बनाएर तीव्रताका साथ काम गरिआएको विदितै छ । आयोगसंगै स्थानीय सरकारले एकीकृत रुपले भूमि सम्बन्धी समस्या समाधान गर्न आफना ठाँउमा काम सुरु गरेको छ । दमक र कमलमा धनिपूर्जा वितरणको चरणमा पुगेको छ । निर्वाचनका कारण धनीपूर्जा वितरण कार्य प्रभावित हुन पुगेको छ । चुनाव लगत्तै अव ती काम पुनः सुचारु हुने छन भन्ने लाग्छ ।
हामी भुमिहिनहरुको समस्या समाधानमा प्रतिवद्ध छौं । तर भूमिहीनहरुलाई सुतिरहेका ठाउँबाट कुटेर लखेट्ने, घरमा डोजर लगाउने, आदिवासीको नामै सुन्न नचाहनेहरु अहिले सुकुम्बासीलाई र आदिबासीलाई अधिकार दिन्छौं भन्दै आएको तर उनीहरुलाई जनताले चिनिसकेका छन् । यस क्षेत्रका जनता परिवर्तनको पक्षमा , स्थिरता,विकास र समृद्धिको पक्षमा रहेकाले पनि मंसिर ४ गते पक्र्कै पनि निर्धक्कका साथ बाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई आफनो अमूल्य मत दिएर विजयी गराउनुहुने छ भन्नेमा ढुक्क छौं । तपाईहरुले गर्नुभएको विश्वास कदापि खेर जाने दिने छैनौं ।