भिसी राम बहादुर बेघा लिम्बू प्रतिष्ठानको नयाँ नेतृत्व

दमक, २६ कार्तिक । दमक -६ स्थित अनेरी क्याप्टेन भिसी राम बहादुर बेघा लिम्बू प्रतिष्ठान ( एमभिओ ) को नयाँ नेतृत्व चयन भएको छ ।प्रतिष्ठानको शुक्रवार सम्पन्न प्रथम अधिवेशनले मोहन थेवेको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा मोहन बेघा,सचिवमा भिमराज बेघा,सहसचिवमा मनरूपा थेवे चोङवाङ र कोषाध्यक्षमा सूर्य बहादुर बेघा चुनिएका छन् ।
यसैगरि ,समितिको सदस्यहरुमा प्रतिमा सेवा इम्बुङ,रेश्मा येक्तेन लोरिङदेन,तिलक पयाङगु लिम्बू चुनिए । यस्तै, अधिबेशनको बन्द सत्रले प्रतिष्ठानका पूर्व अध्यक्ष हस्त बहादुर बेघासहित पृथी बहादुर बेघा र गुमानसिं सम्वाहाङफे रहेको एक सल्लाहकार समिति समेत गठन गरिएको अध्यक्ष मोहन बेघाले जानकारी दिए ।
अधिबेशनले प्रतिष्ठानको नेतृत्व चयन गर्न साङसेन पन्धाक (जितेन) को संयोजकत्वमा एक निर्वाचन समिति गठन गरिएको थियो । निर्वाचित समितिलाई निर्वाचन संयोजक पन्धाकले सपथ ग्रहण गराएका थिए ।

Leave a Reply

Your email address will not be published.