झापाका कैदीबन्दीद्वारा भूकम्पपीडितलाई सहयोग

झापा,२४ कार्तिक । झापा जिल्ला कारागारका कैदीबन्दीले जाजरकोट र पश्चिम सदरमुकामका भूकम्पपीडितको सहयोगार्थ अधा दिनको सिदा रकम प्रदान गरेका छन्। कैदीबन्दीका तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा शुक्रवार ५८ हजार ६८५ जम्मा गरिएको कारागार प्रमुख मोहन पनेरुले बताए ।
कैदीबन्दीले दैनिक सिदाबापत ८० पाउँछन् । त्यसमध्ये आधा रकम भूकम्पपीडितलाई सहयोग दिइएको हो । झापा कारागारमा हाल एक हजार पाँच सय ६० जना कैदीबन्दी रहेका छन् ।
यसैगरी, विर्तामोड नगरपालिकाले भूकम्पपीडितको सहयोगार्थ पाँच लाख सहयोग गरेको छ । नगर कार्यपालिकाको बैठकले निर्णय गरेपछि उक्त सहयोग रकम प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा जम्मा गरिएको नगरप्रमुख पवित्रा महतराले बताए ।

Leave a Reply

Your email address will not be published.