दमकमा नागरिक उन्मुक्ति पार्टी (एकीकृत) गठन

दमक, २४ कार्तिक । नागरिक उन्मुक्ति पार्टी (एकीकृत) दमक नगर तदर्थ समिति गठन भएको छ । दमकमा विहीबार पार्टीका केन्द्रीय उपाध्यक्ष अशोक चेम्जोङ उपस्थितिमा आयोजित भेलाले सुखबहादुर सोदेम्बा लिम्बूको अध्यक्षतामा तदर्थ समिति गठन गरेको हो ।
सर्वसम्मत गठित समितिको बरिष्ठ उपाध्यक्षमा जीतेन राई, उपाध्यक्षमा विनुप लिम्बू, सहसचिवमा कैलाश देवान, कोषाध्यक्षमा समीर केरुङ चयन भएका छन् ।यसरी सदस्यहरुमा हरि माखिम, कुमार योङहाङ, नरेश कन्दङ्वा, अनिसा थेवे, विवश आले मगर, सुवास जवेगु, मोहन दर्नाल, परेन्द्र देवान, डिकबहादुर पालुङ्वा, संजीव खोयाहाङ, योग बहादुर थेवे, रामप्रसाद लावती, लक्ष्मी कुमार माङ्मु, ललित बहादुर पालुङ्वा, सुन्दर चेम्जोङ र निशा राई चयन भएका छन् ।
भेलामा पार्टीका महासचिव दिलकुमार लावती, सचिव भविराज तुम्सा, सचिवालय सदस्य शरण जवेगु, रञ्जन योङहाङ त्यसैगरी केन्द्रीय सदस्य मोहन राई, दिपेश पालुङ्वा, लिम्बुवान प्रान्तीय समितिका उपाध्यक्ष चैतन्य केदेम लगायत नेताहरुको सहभागिता रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published.