सेवा निवृत शिक्षकहरुको ‘आकाशगंगा मुन्तिर ’ बिमोचन

दमक,२४ कार्तिक । सेवा निवृत्त शिक्षकहरुको शैक्षिक जीवनी समेटिएको पुस्तक ‘आकाशगंगा मुन्तिर ’ बिमोचन गरिएको छ ।सेर्गेम प्रकाशन गृह दमकले शुक्रवार एक कार्यक्रम गरि ‘आकाशगंगा मुन्तिर ’कृतिको साझा प्रकाशनका पूर्व महाप्रबन्धक तथा बरिष्ठ साहित्यकार डा. तुलसी भट्टराईले बिमोचन गरे ।
कृतिमा ३५ जना सेवा निवृत्त शिक्षकहरुको शैक्षिक जीवनी समेटिएको छ । कृतिले नेपाली शिक्षण अवस्थाको बिगतको इतिहासलाई समेट्न सकिने पुस्तक प्रकाशन समितिका सम्योजक कमलराज भट्टराईले जानकारी दिए । दमकमा अग्रज शिक्षासेवी मेघराज तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पुस्तकका प्रधान सम्पादक समेत रहेका प्राध्यापक डा. गोविन्दराज भट्टराईले गरेका थिए ।
पुस्तक विमोचन कार्यक्रममा प्राध्यापक मोहन भण्डारी, प्रध्यापक धनन्जय बाँस्कोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए भने बरिष्ठ हाँस्यब्यंग्य कवि लक्ष्मण गाम्नागेले कविता प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published.