दमक,२४ कार्तिक । दमकस्थित दमक बहुमुखी क्याम्पसको १२ औं क्याम्पस सभा विहिबार सम्पन्न भएको छ ।क्याम्पसमा आयोजित सभामा सञ्चालक समितिकातर्फबाट अध्यक्ष ढुण्डीराज भण्डारीले बार्षिक प्रतिवेदन तथा लेखा समितिका संयोजक कुल बहादुर बस्नेतले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत दुवै प्रतिवेदन सभाको बन्दसत्रले आवश्यक सुझावसहित पारित गरिएको क्याम्पस प्रमुख यज्ञराज गिरीले जानकारी दिए ।
प्रदेश सभा सदस्य होमबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको सभाका अवसरमा एक जना उपप्राध्यापक र एक जना कर्मचारीलाई उत्कृष्ठताका आधारमा पुरस्कृत गर्नुका साथैं क्याम्पसका तर्फबाट प्रतिनिधित्व गरि आइइसी इनोभोक्स २०२३ मा पुरस्कत हुने विद्यार्थीलाई समेत प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।
क्याम्पसको शैक्षिक तथा विभिन्न क्रियाकलापहरुमा समेत उत्कृष्ठ सेवा पुरयाँएवापत उपप्रध्यापक भूमिप्रसाद दाहाल , हेड असिस्टेन्टका रुपमा कार्यरत कर्मचारी लक्ष्मी बुढाथोकीलाई नगद तथा प्रंशसापत्रसहित सम्मान गर्नुका साथै आइआइसीतर्फ विजयी वनेका रोशिना खातुन,युवराज बुढाथोकी,प्रज्जवल सिटौला,गरिमा चौलागाई, हेमन्त सिटौला र उक्त प्रतियोगितामा सुपरभाइजरका रुपमा योगदान पुरयाँएका शिक्षक सुदिप थापालाई समेत प्रंशसापत्र प्रदान गरिएको थियो ।
सभामा दमक नगरपालिकाका पूर्व जगर प्रमुख रोमनाथ ओली, पूर्व क्याम्पस प्रमुख मोहन भण्डारी , पूर्व प्राध्यापक निलम कटुवाल लगायतले क्याम्पस सभाको शुभकामना राख्दै क्याम्पसको शैक्षिक विषयमा आफनो विचार राखेका थिए । क्याम्पस सञ्चालक समितिकी उपाध्यक्ष रिता बस्नेत श्रेष्ठले स्वागत मन्तव्य राखेको सो सभाको सञ्चालक सहायक क्याम्पपस प्रमुख राम भण्डारीले सञ्चालन गरेका थिए ।२०३८ सालमा स्थापित पूर्वकै ठुलो शैक्षिक संस्थाका रुपमा रहेको यस क्याम्पसमा विभिन्न संकायमा गरि करिव ५ हजार २ सय विद्यार्थीहरु अध्ययनरत छन् ।